लैंगिक हिंसा बिरुद्धको अभियानमा अन्तरक्रिया
भवानी अधिकारी/स्याङजा :
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आइतवार अखिल नेपाल महिला संघ स्याङजाले जिल्ला भेला एवं अन्तरक्रिया गरेको छ । राष्ट्रियता समृद्धि र विकासका लागि एकजुट हौ सबै प्रकारका महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले सबै बर्ग, जातजाती, धर्म, संस्कृतिका बिभेदको अन्त्य गर्दै सृजनशिल समाज निर्माण र समानताका सबैले आ आफना क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । बिगतमा हाम्रा पूर्वजले गरेका र भोगेका पिडा र ब्यथालाई आउदो पिढींले भोग्नु नपर्नेगरी काम गर्नुपर्नेमा उहाको जोड छ । बिभिन्न कालखण्डमा नेपाल महिला संघ र अखिल नेपाल महिला संघ लगायतका बिभिन्न राजनीतिक दलका महिलाहरुको संयुक्त आन्दोलनबाट प्राप्ति उपलब्धीको रक्षाा गर्न सबै राजनीतिक दल एकै ठाउमा हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य दीपा भुषाल, नगरउपप्रमुख महेश पुरी, च्याम्बर अफ कमर्शका महासचिव लोकनाथ रेग्मी, वडा सदस्य द्धय शान्तिदेवी गौतम र तीलकुमारी रेग्मी लगायतले ‘म हिंसा गर्दिन, म हिंसा पनि सहन्न र हिंसा भएमा तुरुन्त प्रतिवाद गर्छु’ भन्ने कुरा आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुुभयो ।
सोही कार्यक्रममा नगरप्रमुख सीमा क्षेत्रीले पुतलीबजार नगरपालिकामा यसबर्ष महिलाबाट आएका घरेलु हिंसा सम्बन्धी १७, सौता सम्बन्धी १ सय ३०, बेचबिखन सम्बन्धी एउटा, कुटपिट सम्बन्धी २६ , द्धन्द्ध सम्बन्धी २५ र सामाजिक कुरिती बिरुद्धमा एउटा लिखित उजुरी आएको जानकारी दिनुभयो ।
अखिल नेपाल महिला संघका अध्यक्ष तारा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका उपाध्यक्ष खगीसरा थापाले स्वागत एवं सचिव गीता शर्माले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


