कृषि र पर्यटन क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : सांसद रेग्मी


आँधीखोला खबर/वालिङ :
गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले कृषि र पर्यटन क्षेत्रको बिकासबाट नेपालीको आर्थिक उन्नती हुने बताउनु भएको छ । वालिङ नगरपालिका वडा नम्वर ५ मा व्यवसायिक मौरीपालन तालिमको समापन गर्दै सांसद रेग्मीले प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।
पित्लेक मुख्यमन्त्री कृषि गाउँ घोषणा भएको भन्दै सांसद रेग्मीले योजना अनुसारका कामहरु भईरहेको जानकारी दिनुभयो ।
रेशम विकास कार्यक्रम वालिङको आयोजनामा वालिङ ५ को पित्लेकमा स्थलगत व्यवसायीक मौरीपालन तालिमको आयोजना गरिएको थियो । कार्यक्रममा समाजसेवी कृष्ण खांण, नेपाल मौरीपालन व्यवसायीक महासंघका केन्द्रिय उपाध्यक्ष श्यामप्रसाद अर्याल, जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछाने लगायतले बोल्नुभएको थियो ।
रेशम विकास कार्यक्रम प्रमुख विनोद हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जनकल्याण सहकारीका व्यवस्थापक हुमनाथ लामिछाने र सञ्चालन गोविन्दराज गौलीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP