कोरियामा रहेकी जमुनाको अपांगहरुलाई न्यानो कपडा र नगद उपहार ।
तिलक गुरुङ/वालिङ :
२७ औँ अन्तराष्ट्रिय अपांग दिवसका अवसरमा वालिङ नगरपालिका ५ आरुपाटाकी जिवनी गुरुङ जमुनाले वडा भित्र रहेका फरक क्षमता भएकाहरुलाई न्यानो कपडा र नगद सहयोग गर्नुभएको छ । पछिल्लो समय दक्षिण कोरियामा कार्यरत जमुनाले वडामा भित्र रहेका असक्त, अनाथ तथा फरक क्षमता भएका २७ जनालाई न्यानो कपडा सहित नगद प्रदान गर्नुभएको हो । वडामा रहेका फरक क्षमताका व्यक्तीहरुको सहयोगका लागि गुरुङले १ लाख ३० हजार उपलब्ध गराउनु भएको हो । उहाँले आफ्ना माईती पक्षका परिवार मार्फत सहयोग वितरण गर्नुभएको हो ।

कार्यक्रममा वडा अध्यक्ष ढाकाराम पंगेनीले जमुनाको सामाजिक काम सबैले अनुसरण गर्नुपर्ने बताउनु भयो । उहाँले फरक क्षमता भएकाहरुलाई प्रोत्साहन गरी समाजमा सम्मानका साथ जीवनयापन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा सदस्य महेश गुरुङले जमुनाको सहयोगले फरक क्षमता भएकाहरुलाई थप उर्जा मिलेको बताउनुभयो । पुर्व गाविस अध्यक्ष नरप्रसाद रेग्मीले फरक क्षमता भएकाहरुलाई सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले जमुनाको सामाजिक कार्यको खुलेर प्रशंसा गर्नु भयो ।
चुडामणि गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत तेजेन्द्र गुरुङ र सञ्चालन सुमिता गुरुङले गर्नुभएका थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


