चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएको छ । उनको ५४ वर्षको उमेरमा निधन भएको हो । आइतबार राति सवा १० बजेतिर उनको हृदयाघातका कारण निधन भएको बुझिएको छ ।
वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो ।
उनको अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए ।
उनी चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको सोमबारै अन्त्येष्टि गरिनेछ ।
उनको हृदयाघातकै कारण निधन भएको बताइएको छ ।
करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टरार्ई तीन दशक बढी समयदेखि चलचित्र क्षेत्रमा सक्रिया थिए । उनले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए ।
उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला लगायत छन् । सशक्त अभिनय गर्ने भट्टराईले दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका छन् ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…