कास्की २ – विद्या साढे ८ हजार मतले अघि
पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् ।
यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । अघिल्लो निर्वाचन रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गरेका थिए । ११ वडामध्ये अझै ५ वडा वडाको मतगणना बाँकी नै छ ।
नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा र कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन् । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।
अहिलेसम्म ३० हजार ३ सय ५ मतगणना भइसकेको छ भने अब जम्मा १५ हजार २ सय ५८ मत मात्र गणना गर्न बाँकी छ । वडा नम्बर ३३, २१, १७, २०, १६ र १५ को मत गणना भइसकेको छ भने ४, ७, ८, ९ र ११ वटा वडाको मतगणना बाँकी छ । अहिले ११ नम्बर वडाको मतगणना थालिएको छ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


