कालिका माबिले २८ औं वार्षिकोत्सव मनायो

आँधीखोला खबर/स्याङ्जा :
पुतलीबजार नगरपालिका १३ मा रहेको कालिका माध्यामिक विद्यालयको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम आयोजना गरी मनाईएकोे छ ।
पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगरपालिका १३ का वडाध्यक्ष एवं नगरप्रवक्ता ख्यामनारायण अधिकारी, वडा नम्बर १४ का वडाध्यक्ष एवं नगरपालिका सामाजिक विकास समीति सभापति शेषराज ढकाल, भिरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शेषकान्त अर्याल, पुतलीबजार नगरकार्यपालिका सदस्य एवं आर्थिक विकास समिति संयोजक बाबुकाजी जिटी, अर्जुनचौपारी गाँउपालीका १ का वडाध्यक्ष चित्र बहादुर बिष्ट, पुतलीबजार नगर शिक्षा समीति प्रमुख दयाराम गौतम, नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिवालय सदस्य दुर्गादत्त भुषाल, शिक्षक अभिभावक संघका अध्यक्ष भुमीजंग केसी लगायतको सहभागिता रहेको थियो ।


शिक्षिका दुर्गा पोखरेल अर्यालको स्वागत मन्तब्यसगै बिद्यार्थीको स्वागत गानबाट सुरु भएको कार्यक्रममा पञ्चेबाजा सहीत बिद्यार्थी हरुका बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
बिद्यालयका प्रधानाध्यापक शिवप्रसाद रेग्मीले बिद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पुतलीबजार नगरपालिका उपप्रमुख महेश पुरीले शैक्षिक संस्थाको समग्र विकासले मात्र समृद्ध नगरको सपना पुरा हुने धारणा राख्नुभयो । भौतिक पूर्वाधार संगसगै शैक्षिक प्रगतिको लागि अभिभावक, शिक्षक र बिद्यार्थीको सामूहिक प्रयास जरुरी हुने उपप्रमुख पुरीको भनाई छ ।

तस्वीर: युवराज अर्याल/हेलु


कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मिन प्रसाद कोइराला, शिक्षक अभिभावक संघका अध्यक्ष भुमीजंग केसी, पुतलीबजार नगरपालिका १४ का वडाध्यक्ष शेषराज ढकाल, भिरकोट नगरपालिका वडा नम्बर सातका अध्यक्ष शेषकान्त अर्याल, पुतलीबजार नगरकार्यपालिका सदस्य बाबुकाजी जि टी नेकपा जिल्ला सचिवालय सदस्य दुर्गादत्त भुषाल, नेपाली कांग्रेस प्रतिनिधी श्यामप्रसाद अर्याल, समाजसेवी बलाराम सुवेदी, लगायतका अतिथि हरुले शिक्षा सम्बन्धी आआफ्ना धारणा राख्नुभएको थियो राखेका थिए ।
कार्यक्रममा बिद्यालयको बिभिन्न क्षेत्रमा सहयोग गर्ने शिक्षकलाई बिशेष सम्मान गरिएको थियो भने खेलकुद र अन्य बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई मेडल र प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मोहन बहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक बिर बहादुर क्षेत्रीले गर्नुभएको युवराज अर्यालले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP