स्याङजाको कालीगण्डकी गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु ।
आँधीखोला खबर/कालिगण्डकी :
स्याङजाको कालीगण्डकी गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कालीगण्डकी गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको हो । अध्यक्ष कपको उद्धघाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या कुमारी अर्यालले गत हप्ता सम्पन्न साग खेलकुदमा नेपाली खेलाडीले नेपालको नाम विश्वमा चिनाएको बताउनु भयो । सरकार खेलाडी संरक्षण र सहयोगका लागि प्रतिबद्ध रहेको जानकारी दिदै मन्त्री अर्यालले खेलाडी देशका गहना भएको स्पष्ट पार्नु भयो ।
गत वर्ष महिला र पुरुष स्तरीय भलिवल खेलाईएको थियो भने यस वर्षको अध्यक्ष कपमा फुटबल ,टेबल टेनिस थप गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सिङ्गल तथा डबल टेबल टेनिस, क्रिकेट, महिला पुरुष भलिबल, खेलमा प्रतिस्प्रर्धा गराईएको छ ।
कार्यक्रममा सबिंधानसभा सदस्य मुक्ति प्रसाद पाठक, भिरकोट नगरपालिका नगर प्रमुख छायाँराम खनाल, नेकपा जिल्ला अध्यक्ष पारस गैह्रे, गाउँपालिका उपाध्यक्ष साबित्रा कोईराला लगाएतले बोल्नु भएको थियो । कालीगण्डकी गाउँपालिका रहेका ३६ विद्यालय सम्मिलित हुने प्रतियोगिताको लागि पालिकाले बजेट छुट्याएको हो । कार्यक्रम गाँउपालिकाका अध्यक्ष खिम बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


