मलामी गएका कुमाल पौडि खेल्ने क्रममा कालिगण्डकी नदीमा बेपत्ता
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा चापाकोट नगरपालिका वाडनं ८ दामाचौरका ४२ बर्षीय देविलाल कुमाल वेपत्ता भएका छन् । वुधवार दिउसो ज्याग्दिखोला दोभान घाटमा मलामि गएका कुमाल पौडि खेल्ने क्रममा कालिगण्डकी नदीमा बेपत्ता भएका हुन् । वेपत्ता कुमालकोे खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यस्तै भिरकोट नगरपालिकावाट बेवारिसे अवस्थामा उद्दार गरिएकी महिला उपचारको क्रममा ज्यान गएको छ । भिरकोट नगरपालिकामा गत २१ गते राती मानसिक सन्तुलन ठिक नभएकी मागी खाई हिड्ने महिला बेहोस अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो । उनको अत्याधिक मदिरा सेवन गरेका कारण मृत्यू भएको अस्पतालको रिपोर्टमा उल्लेख गरेको प्रहरीले जनाएको छ । मृतकको नाम थर नखुलेका कारण वुधवार नै पुतलीबजार नगरपालिकालाई शव सतगतको लागि वुझाएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


