मलामी गएका कुमाल पौडि खेल्ने क्रममा कालिगण्डकी नदीमा बेपत्ता
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा चापाकोट नगरपालिका वाडनं ८ दामाचौरका ४२ बर्षीय देविलाल कुमाल वेपत्ता भएका छन् । वुधवार दिउसो ज्याग्दिखोला दोभान घाटमा मलामि गएका कुमाल पौडि खेल्ने क्रममा कालिगण्डकी नदीमा बेपत्ता भएका हुन् । वेपत्ता कुमालकोे खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यस्तै भिरकोट नगरपालिकावाट बेवारिसे अवस्थामा उद्दार गरिएकी महिला उपचारको क्रममा ज्यान गएको छ । भिरकोट नगरपालिकामा गत २१ गते राती मानसिक सन्तुलन ठिक नभएकी मागी खाई हिड्ने महिला बेहोस अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो । उनको अत्याधिक मदिरा सेवन गरेका कारण मृत्यू भएको अस्पतालको रिपोर्टमा उल्लेख गरेको प्रहरीले जनाएको छ । मृतकको नाम थर नखुलेका कारण वुधवार नै पुतलीबजार नगरपालिकालाई शव सतगतको लागि वुझाएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


