वालिङ जेसिजले बिभिन्न कार्यक्रम सहित जेसिज सप्ताह मनायो ।
आँधीखोला खबर/वालिङ:
वालिङ जेसिजले बिभिन्न कार्यक्रम सहित जेसिज सप्ताह मनाएको छ । वालिङमा मानबीय तथा सामाजिक कार्य गर्दै आईरहेको जेसिजले बिभिन्न कार्यक्रम गरेको हो । पहिलो दिन वालिङ नगरपालिकाको दुबै सिमानामा स्वागत तथा धन्यवाद बोर्ड राखेर कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले जेसिजको क्रियाकलाप वालिङमा निक्कै उदाहरणीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “जेसिजको प्रस्ताव अनुशार नै हामीले नगरलाई पिंक सिटिको रुपमा परिणत गर्दैछौं ।”
त्यस्तै जेसिज चोक परिसरमा सरसफाई समेत गरिएको छ । जेसिजले निर्माण गरेको सचिबालय भवन परिसरमा समेत सरसफाई गरिएको वालिङ जेसिजका अध्यक्ष राजु तिवारीले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटवल लगायतका कार्यक्रम गरिएको जेसिजले जनाएको छ ।



समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


