वालिङ जेसिजले बिभिन्न कार्यक्रम सहित जेसिज सप्ताह मनायो ।
आँधीखोला खबर/वालिङ:
वालिङ जेसिजले बिभिन्न कार्यक्रम सहित जेसिज सप्ताह मनाएको छ । वालिङमा मानबीय तथा सामाजिक कार्य गर्दै आईरहेको जेसिजले बिभिन्न कार्यक्रम गरेको हो । पहिलो दिन वालिङ नगरपालिकाको दुबै सिमानामा स्वागत तथा धन्यवाद बोर्ड राखेर कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले जेसिजको क्रियाकलाप वालिङमा निक्कै उदाहरणीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “जेसिजको प्रस्ताव अनुशार नै हामीले नगरलाई पिंक सिटिको रुपमा परिणत गर्दैछौं ।”
त्यस्तै जेसिज चोक परिसरमा सरसफाई समेत गरिएको छ । जेसिजले निर्माण गरेको सचिबालय भवन परिसरमा समेत सरसफाई गरिएको वालिङ जेसिजका अध्यक्ष राजु तिवारीले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटवल लगायतका कार्यक्रम गरिएको जेसिजले जनाएको छ ।



समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


