होमस्टे पर्यटन बिकास सम्वन्धी आधारभुत तालिम बुढाकोट-राम्चेमा शुरु ।

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको वालिङ ३ मा होमस्ट (घरबास) पर्यटन बिकास सम्वन्धी ५ दिने आधारभुत तालिम शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाँउ बिकास समिति काठमाण्डौं सहयोग तथा बुढाकोट राम्चे सामुदायिक होमस्टेको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै वालिङ ३ का वडा अध्यक्ष सुकबहादुर गुरुङले पर्यटनको राम्रो सम्भावना भएकाले नै बुढकोटमा होमस्टे सञ्चालनमा ल्याईएको बताउनु भयो । उहाँले भन्नुभयो,“तालिम पश्चात पर्यटकको आगमनमा बृद्धि गर्न सकिने छ ।” आधारभुत तालिम पश्चात त्यसलाई व्यवहारमा उतार्न समेत अध्यक्ष गुरुङले सहभागीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा माझकोट पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर गुरुङ, प्रशिक्षक मदन बानिया,खाना बनाउने तर्फका प्रशिक्षक रामकुमार लामा लगायतले बोलेका थिए ।
बुढाकोट राम्चे सामुदायिक होम स्टेका अध्यक्ष जम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भिम गुरुङले गर्नु भएको थियो ।
तालिममा ३० जनाको सहभागिता रहेको छ । बुढाकोट, राम्चेका १५ घरमा होमस्टे सञ्चालन गरिदै आएको छ ।

Facebook Comments Box
TOP