पुतलीबजारमा १६ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवस मनाइयो
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिकामा अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवस मनाइएको छ । ‘गाँउ नगरमा महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य प्रवद्र्धनमा अहम भूमिका’ भन्ने मुल नाराका साथ १६ औं दिवस बिहीवार मनाइएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगर आर्थिक विकास संयोजक एवं नगर सदस्य बाबुकाजी जि.टी.ले नागरिकका शिक्षा र स्वास्थ्यका लागि अहोरात्र खटिइने स्वास्थ्य स्वयंसेवीहरुलाई राज्यले उचित सम्मान दिनुपर्ने बताउनुभयो । बालमृत्यु दर मातृमृत्युदर घटाउनका लागि महिला स्वयंसेवीहरुको योगदान अमूल्य रहेको बताउदै उहाले नगरभित्रका स्वयंसेवीका लागि नगरपालिकाले केही बिशेष कार्यक्रम संचालन गर्ने जनाउनुभयो ।
कार्यक्रममा स्वास्थ्य स्वयंसेवी जिल्ला संजालका अध्यक्ष तारा शर्माले स्वास्थ्य स्वयंसेवीका काम, कर्तब्य र उनीहरुका गुनासाका बारेमा जानकारी गराउनुभएको छ । बर्षोंदेखि समाजसेवामा खटिने स्वयंसेवीका लागि अव राज्यले सोच्नु पर्ने समय आएकोमा जोड दिनुभयो । साथै, उहाले केन्द्रीय सदरकार समक्ष जिल्लावाट बिभिन्न ६ बुदें माग पुरा गर्न आग्रह गर्दै ती मागलाई सार्वजनिक गर्नुभएको थियो ।
स्वयंसेवी भन्ने शब्दलाई परिमार्जन गर्नुपर्ने, नेपाल सरकार पक्षले आइएलओ महासंघीमा हस्ताक्षर गरेका हुदा मासिक १३ हजार ४ सय ५० पारिश्रमिक तोकिनुपर्ने, निशुल्क विमाको ब्यवस्था गरिनुपर्ने, ७ बर्ष अघि तोकिएको कार्यक्रम वापतको दैनिक ४ सय रुपैंयालाई बृद्धि गर्नुपर्ने, निति निर्माणमा महिला स्वास्थ्य स्वयंसेवीको अर्थपूर्ण सहभागिता हुनुपर्ने, सबैका महानपर्वमा कम्तीमा पनि १० हजार रुपैया चाडपर्व खर्च वापतको रकम उपलब्ध गराउनुपर्ने र सेवाका आधारमा राज्यले उचित पारिश्रमिक सहित विदाईको माग गर्नुभएको छ ।
कार्यक्रममा स्वयंसेवी विमला गुरुङले झण्डैं २५ बर्षदेखि कार्यरत आफुले अहिलेसम्म राज्यका तर्फबाट खासै केही पाउन नसकेको बताउदै नियमानुसारका पारिश्रमिक र तालिमको अवसर दिइनुपर्नेमा जोड दिनुभयो ।
पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दयाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवार नियोजन अधिकृत मित्रप्रसाद अर्यालले स्वागत एवं नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले संचालन गर्नुभएको थियो ।
पुतलीबजार नगरभित्रका १४ वडामा १ सय १ जना महिला महिला स्वास्थ्य स्वयंसेवी कार्यरत छन । सरकारले उनीहरुका लागि पोशाक वापत बार्षिक १० हजार र यातायात खर्च वापत बार्षिक ३ हजार पाउने गरेका छन भने पुतलीबजार नगरपालिकाले मासिक एक हजार भत्ता वापतको रकम उपलब्ध गराउदै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


