हङकङमा सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शन
हङकङमा सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनमा झण्डै ८ लाख मानिस सहभागि भएका आयोजकले दाबी गरेको छ । तर हङकङको प्रहरीले भने एक लाख ८३ हजार जना सभागि भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले ११ जनालाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीले हङकङलाई स्वतन्त्र बनाउनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने र निष्पक्ष चुनाव गराउनु पर्ने माग गरेका छन् ।
उनीहरुले मोबाइल र टर्चलाईट बालेर सरकार बिरोधी नारा लगाएका थिए । हङकङ सरकारले विज्ञप्तीमार्फत् शान्ति कायम गर्न र विरोध नगर्न आग्रह गरेको छ ।
प्रदर्शनकारीले शान्तिपूर्ण आन्दोलन गरेका बताएपनि प्रहरीले भने प्रदर्शन हिँसात्मक भएको टिप्पणी गरेको छ ।

सुपुदर्गी विधेयकको विरोधमा ६ महिनादेखि हङकङमा सुरु भएको आन्दोलन सरकारले विधेयक फिर्ता लिइसके पनि रोकिएको छैन ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


