पूर्वराजा शाह व्यक्तिगत र धार्मिक भ्रमण का लागि रुपन्देहीमा

पूर्वराजा ज्ञानेन्द्र शाह प्रदेश पाँचका विभिन्न जिल्लामा एक हप्ता लामो भ्रमणका लागि आइतबार रुपन्देही आएका छन् । आइतबार साझ भैरहवा आएका शाहलाई विमानस्थलमा उनका समर्थकहरुले भव्य स्वागत गरेका थिए । उनी एक हप्ता यहा बस्दा विभिन्न शक्तिपीठ जाने कार्यतालिका सार्वजनिक गरिएको छ ।पूर्वराजा शाहले यही मंसिरको १५ गतेदेखि २२ गतेसम्म प्रदेश पाँचका जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका धार्मिक शक्तिपीठमा दर्शन गर्ने कार्यक्रम रहेको भ्रमण कार्यक्रम प्रचार प्रसार समितिले जनाएको छ । भ्रमण कार्यक्रम अनुसार उनी आज भैरहवा आएर तिलोत्तमामा रहेको टाईगर होटलमा बसेका छन् ।
उनले त्यहा केही आफूहरु निटक व्यतिहरुलाई भेटधाट गर्ने छन् । भोली १६ गते रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण गर्ने कार्यक्रम छ । त्यस्तै १७ गते रुपन्देहीको मर्चवार स्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगेको पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्ही स्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको सवारी व्यबस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारी दिएका छन् । धार्मिक मठमन्दिरको दर्शनका लागि विशुद्ध व्यक्तिगत भनिए पनि राजनीतिक भेटघाट समेत हुने आँकलन गरिएको छ । संयोजक सापकोटाले पूर्वराजा शाहको विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण भएको बताएका छन् । सबलपोष्टबाट
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…