घुँडा दुख्ने समस्या हटाउने सरल उपाय
डा. यञ्जन गैह्रे (मेडिकल डाइरेक्टर, हिमालयन योग तथा प्राकृतिक अस्पताल)
घुँडा दुखाइमा ध्यान दिनुपर्ने कुराहरू
–नियमित व्यायाम गर्ने बानी बसाल्ने । जोर्नीहरू चलाउने, सामान्य हिँडाइ आदि ।
–टुक्रुक्क वा पलेटी मारेर नबस्ने ।
–मनतातो तोरीको तेलमा ३–४ थोपा दुखाइ कम गर्ने तेल मिसाएर बिहानबेलुकी नियमित रूपमा हलुका मसाज गर्ने ।
–तौल घटाउने वा नियन्त्रण गर्ने ।
–दुखाइ मात्र छ भने हट वाटर व्यागले सेक्ने । सुन्निएको पनि छ भने आइसले २ देखि ३ मिनेट हलुका मसाज गर्ने ।
–भर्याङ वा सिँढीमा धेरै ओहोरदोहोर वा तलमाथि नगर्ने ।

शारीरिक व्यायाम
–भित्तामा अडेस लगाएर खुट्टा तन्काएर बस्ने, तिघ्राको मासु कस्न १० गनुन्जेल तन्किएको अवस्थामा रहन दिने । यो प्रक्रिया दशपटक दोहोर्याउने ।
–घुँडामुनि रुमाल राखेर थिच्ने, कुर्कुच्चालाई उठाउने । १० गनुन्जेल यो प्रक्रिया दशपटक दोहोर्याउने ।
–ढाड सीधा गरी कुर्सीमा अडेस लागेर बस्ने । पालैपालो खुट्टा सीधा माथि उठाउने । १० गनुन्जेल यो प्रक्रिया दशपटक दोहोर्याउने ।
–दुवै घुँडाको बीचमा रुमाल राखेर च्याप्ने । १० गनुन्जेल यो प्रक्रिया दशपटक दोहोर्याउने ।
–खुट्टा सीधा तन्काएर बस्ने । दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने । १० गनुन्जेल यो प्रक्रिया दशपटक दोहोर्याउने । केन्द्रिबन्दु अनलाइनबाट
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


