घुँडा दुख्ने समस्या हटाउने सरल उपाय
डा. यञ्जन गैह्रे (मेडिकल डाइरेक्टर, हिमालयन योग तथा प्राकृतिक अस्पताल)
घुँडा दुखाइमा ध्यान दिनुपर्ने कुराहरू
–नियमित व्यायाम गर्ने बानी बसाल्ने । जोर्नीहरू चलाउने, सामान्य हिँडाइ आदि ।
–टुक्रुक्क वा पलेटी मारेर नबस्ने ।
–मनतातो तोरीको तेलमा ३–४ थोपा दुखाइ कम गर्ने तेल मिसाएर बिहानबेलुकी नियमित रूपमा हलुका मसाज गर्ने ।
–तौल घटाउने वा नियन्त्रण गर्ने ।
–दुखाइ मात्र छ भने हट वाटर व्यागले सेक्ने । सुन्निएको पनि छ भने आइसले २ देखि ३ मिनेट हलुका मसाज गर्ने ।
–भर्याङ वा सिँढीमा धेरै ओहोरदोहोर वा तलमाथि नगर्ने ।

शारीरिक व्यायाम
–भित्तामा अडेस लगाएर खुट्टा तन्काएर बस्ने, तिघ्राको मासु कस्न १० गनुन्जेल तन्किएको अवस्थामा रहन दिने । यो प्रक्रिया दशपटक दोहोर्याउने ।
–घुँडामुनि रुमाल राखेर थिच्ने, कुर्कुच्चालाई उठाउने । १० गनुन्जेल यो प्रक्रिया दशपटक दोहोर्याउने ।
–ढाड सीधा गरी कुर्सीमा अडेस लागेर बस्ने । पालैपालो खुट्टा सीधा माथि उठाउने । १० गनुन्जेल यो प्रक्रिया दशपटक दोहोर्याउने ।
–दुवै घुँडाको बीचमा रुमाल राखेर च्याप्ने । १० गनुन्जेल यो प्रक्रिया दशपटक दोहोर्याउने ।
–खुट्टा सीधा तन्काएर बस्ने । दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने । १० गनुन्जेल यो प्रक्रिया दशपटक दोहोर्याउने । केन्द्रिबन्दु अनलाइनबाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


