१३ औं साग: गौरिकाले जितिन चौथो स्वर्ण,नेपालको स्वर्ण ४९ पुग्यो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन् । 

सातबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको एक सय मिटर फ्री-स्टाइमा उनले स्वर्ण जितेकी हुन् । ९८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उनले स्वर्ण जितेकी हुन् । 

नेपालको साग इतिहासमै एकै संस्करणमा चार स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन् । उनले यसअघिका प्रतिस्पर्धामा तीन स्वर्ण जितिसकेकी छन् । 
 

Facebook Comments Box
TOP