गल्याङमा नगर कृषि महोत्सव २०७६ हुने ।

तीलक गुरुङ/स्याङ्जा :
स्याङ्जाको गल्याङमा प्रथम नगर कृषि महोत्सव २०७६ हुने भएको छ । च्याम्बर अफ कमर्स गल्याङको आयोजनामा महोत्सव हुन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
माघ १६ देखि २६ गते सम्म हुने कार्यक्रम अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको कृषि र उत्पादनको प्रवर्धन व्यापार व्यवसायमा अभिबृद्धि विभिन्न कला सस्कृतिको जगेर्ना गर्ने उदेश्य का साथ महोत्सव आयोजना गर्न लागिएको चेम्वर्सका अध्यक्ष गंगा श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि प्रदर्शनी,बाल उद्यान,औधोगिक व्यापर मेला सास्कृतिक कार्यक्रम भेष भुषा प्रदर्शनी गल्याङ आइडल लगायतका कार्यक्रमको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्ब अध्यक्ष महेन्द्र श्रेष्ठले महोत्सवले कृषि क्षेत्रको समग्र हित गर्न सफल हुने बिश्वास व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनको संचालन सचिव दल सिङ्जालीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…