गल्याङ नगरपालिकाद्धारा राहत प्रदान

आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर चारको एक विपन्न परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीको नेतृत्वमा गएको टोलीले गल्याङ नगरपालिका वडा नम्बर ४ अधिकारी डाँडाका आर्थिक अवस्था कमजोर भएका मनबहादुर थापाको परिवारलाई राहत सहयोग गरेको हो । थापाको निधन भएपछि उनको परिवारलाई राहत स्वरुप चामल, दाल, तरकारी, नुन, तेल सहितका सामाग्री लिएर नगरप्रमुख अधिकारी थापा परिवारलाई भेट्न अधिकारीडाँडा पुग्नुभएको थियो ।
थापाको निधन भएको दशौं दिनको दिन आज करिब २० हजार रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको नगरपालिकाका प्रेस संयोजक केपी खनालले जानकारी दिनुभयो ।
मनबहादुर थापाका चार छोरा छन् । आफ्नै घर जग्गा नभएको विपन्न परिवार भएकाले अन्य सहयोग गर्न आफन्त तथा परिवारजनले आग्रह गरेका थिए । जवाफमा नगरप्रमुख अधिकारीले घर बनाउनका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।
नगरपालिकाले गरिब तथा विपन्नका लागि बढि प्राथमिकता दिएको भन्दै उहाँले आगामी दिनमा आवश्यक पर्ने सबै खालको सहयोग गर्ने स्पष्ट पार्नुभयो ।
राहत सामाग्री लिएर सँगै पुग्नुभएका वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डेले थापाको परिवारलाई घर बनाउनका लागि आवश्यक जग्गाको प्रबन्ध गर्ने बताउनुभयो ।
राहत सामाग्री वितरणमा नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगरपालिकाका कार्यलय प्रमुख छविलाल भूषाल, नेपाली काङ्ग्रेसका स्थानीय नेता ढाकाराम न्यौपानेको पनि सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…