गल्याङ ११ को गणेश आधारभूत विद्यालयको ३५ औं बार्षिकोत्सव
टिकाराम अधिकारी/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ११ दिमिक स्थित गणेश आधारभूत विद्यालयको ३५ औं बार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गल्याङ नगरपालिकाका उपप्रमुख देवी सरा थापा मगरले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावक प्रशासन र विद्यार्थीको समन्वयले मात्रै प्रभावकारी शिक्षा प्रदान गर्न सकिने बताउदै गल्याङ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणमा लागेको बताउनु भयो । उहाँले सबैको साथ र सहयोगले मात्रै गल्याङ नगरपालिकाको शैक्षिक गुणस्तरमा वुद्वि गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं ११ का वडाअध्यक्ष शंकर देब अधिकारी, गल्कोट माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टराई, गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य मोहनीलाल भट्टराई, समाजसेवी सूर्य प्रसाद अधिकारी, रुम टु रिडका सहजकर्ता कृष्ण पन्थी ,हुलाक आधारभूत विद्यालयका प्रधानाध्यापक भेमला बराल, गल्याङ नगरपालिका वडा नं ११ का वडा सदस्य गोपाल प्रसाद भण्डारी विद्यार्थीहरु सफल अर्याल,अनुष्का झेडी, देउ बहादुर झेडी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थिरलाल कंडेलले विद्यालयको प्रगती प्रतिवेदन तथा भावियोजनाका बारेमा जानकारी दिनु भएको थियो । लेखनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक टिकाराम ज्ञवालीले र कार्यक्रमको सञ्चालन शिक्षिका प्रभा सापकोटाले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


