नेपालले माल्दिभ्सलाई २-१ ले हरायाे
नेपालले माल्दिव्सलाई २-१ गोलले पराजित गर्दै १३औं सागमा पुरुष फुटबलको स्वर्णको संभावना नजिक पुगेको छ। अहिलेको समिकरणमा नेपालले भोलि हुने बंगलादेशसँगको खेलमा १ अंक मात्र ल्याए पनि फाईनलमा पुग्ने छ।
खेलको १७औं मिनेटमा मालदिव्सले सुरुवाती अग्रता लिएको थियो। माल्दिव्सका हुसेनले गोल गरेका थिए। खेलको ४३औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै खेल बराबरी गरेका थिए।
खेलको ५१औं मिनेटमा अनन्त तामाङले नेपालका लगि गोल गर्दै २-१को अग्रता दिलाएका थिए। अन्तत: त्यही गोल निर्णायक सावित भयो र नेपालले तीन अंक जोड्न सफल भयो।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


