पुरुष फुटबलको स्वर्ण नेपाललाई

तेह्रौं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको छ। नेपालका लागि खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए। पहिलो हाफमा नेपालले केही राम्रा अवसरहरुको सृजना गरेको भए पनि गोल गर्न भने सकेको थिएन।

खेलको ३७औं मिनेटमा भुटानी टोलीका कप्तान चेन्चो ग्याल्सेनले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको सुरुवातमा दुवै टोलीले आक्रमक फुटबल खेलेका थिए। भुटान केही आक्रमक देखिएको थियो भने नेपाली टोलीले काऊण्टर आक्रमण गरेका थिए। खेलको ५३औं मिनेटमा सुनिल बलले टाउकोले दर्शनीय गोल गरेका थिए।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP