बंगलादेशविरुद्ध नेपालको सुरुवाती अग्रता

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपालले बंगलादेशविरुद्ध सुरूवाती अग्रता लिएको छ ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सोमबार भएको लिग चरणको खेलमा नेपालका सुनिल बलले ११ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
यसअघि नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २-१ गोलले पराजित गरेको थियो ।
भुटान यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…