पत्रकार महासंघ यूएईको अध्यक्षमा खनाल
नेपाल पत्रकार महासंघ युएई शाखाको अध्यक्षमा लक्ष्मण खनाल निवार्चित हुनुभएको छ। खाडी मुलुकमा करिब एक दशक विताउनु भएका खनाल शाखाको पाचौं अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो।
खाडी मुलुक मध्यमा पत्रकारहरू निकै सक्रिय रहेको युएईमा करिब ५० जना पत्रकारको सक्रियता भएता पनि महासंघमा भने २० जनाको हाराहारीमा सदस्य रहेका छन्।
नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिदै नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले सम्बन्धित देशको कानुनको अधीनमा रहेर पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो।
त्यस्तै अधिवेशनमा निर्वाचित उपाध्यक्षमा मेघराज सापकोटा , सचिवमा मोहन बस्याल, सहसचिबमा राम ढुंगेल, कोषाध्यक्षमा माधव न्यौपाने, सदस्यहरू हरी दुलाल, खिमलाल पाण्डे,राम कुमार परियार, प्रिथी छक बुढा रहनु भएको छ भने राष्ट्रिय परिषद् सदस्यमा निमेश गिरी र सल्लाहकारहरू हरी नेपाली, एकेन्द्र बहादुर थापा रहनु भएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


