फुटबल : स्वर्ण जित्ने नेपाली महिला टोलीको लक्ष्य अधुरै
घरेलु मैदानमा भारतसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको स्वर्ण जित्ने लक्ष्य अधुरो रहेको छ । सोमबार भएको फाइनलमा भारतलाई २-० ले नतिजा सुम्पिएपछि घरेलु मैदानमा स्वर्णको इतिहास बनाउने महिला टोलीको लक्ष्य अधुरो रहन गएको हो ।
पोखरामा रंगशालामा सुरुआती एकपछि अर्को गोलको शिकार भएको नेपाल खेलमा फर्किन सकेन् । पोखरेली दर्शकको भरपुर साथ पाएपनि नेपाल १७ औं मिनेटमा पहिलो गोल खान पुग्यो ।
पहिलो हाफमा १-० ले पछाडि परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि भारतीय बालादेबीलाई रोक्न सकेन् । उनले ५५ औं मिनेटमा वान भर्सेस वानमा गोल गरेकी थिइन् । यसअघि लिग चरणको खेलमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


