पाल्पा-निस्दीमा आखा शिविर १ सय ८५ ले लिए सेवा

सीता डोटेल / पाल्पा :
निस्दी गाउँपालिका मित्यालमा भएको निशुल्क आँखा शिविरमा १सय ८५ जनाले सेवा लिएका छन् । जापानीज नागरिक काजुमासा काकिमी ( ओके बाजेको ) आर्थिक सहयोग तथा कालीगण्डकी आँखा अस्पताल रामपुर पाल्पा , नेपाल नेत्रज्योति संघ र लायन्स लौकाल आँखा अस्पताल तानसेन पाल्पाको आयोजनामा भएको शिबिरमा गाउमै आँखाको जाच गर्न पाउदा स्थानिय खुशी भएका थिए । शिविरमा निस्दी गाउँपालिकाका मित्याल, झिरुबास, अर्चले र ज्यामिरेका १ सय ८५ जनाले आँखा परिक्षण गराएको कालीगण्डकी आँखा अस्पतालका प्रमुख सुन्दर रानाले जानकारी दिए। जसमा ४१ जना आँखाका बिरामीलाई निशुल्क शल्यक्रिया समेत गरिएको छ । लायन्स लौकाल आँखा अस्पताल तानसेनका डाक्टर अमृत बास्तोलाको नेतृत्वमा आएको चिकित्सकको टोलि पहिलो पटक ठूलो टिम र औषधि सहित आएर गाउका नागरिकमा ज्योति थपिदिएको ८५ बर्षीय तिलतामा सोमैले खुशी हुँदै बताउनुभयो । शिबिरको अघिल्लो दिन टोलीले गौरीशंकर माध्यमिक विद्यालय मित्यालका विद्यार्थीको आँखा उपचार गरेको थियो । शिविरको व्यवस्थापन निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालले गरेको हो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…