पाल्पा-निस्दीमा आखा शिविर १ सय ८५ ले लिए सेवा
सीता डोटेल / पाल्पा :
निस्दी गाउँपालिका मित्यालमा भएको निशुल्क आँखा शिविरमा १सय ८५ जनाले सेवा लिएका छन् । जापानीज नागरिक काजुमासा काकिमी ( ओके बाजेको ) आर्थिक सहयोग तथा कालीगण्डकी आँखा अस्पताल रामपुर पाल्पा , नेपाल नेत्रज्योति संघ र लायन्स लौकाल आँखा अस्पताल तानसेन पाल्पाको आयोजनामा भएको शिबिरमा गाउमै आँखाको जाच गर्न पाउदा स्थानिय खुशी भएका थिए । शिविरमा निस्दी गाउँपालिकाका मित्याल, झिरुबास, अर्चले र ज्यामिरेका १ सय ८५ जनाले आँखा परिक्षण गराएको कालीगण्डकी आँखा अस्पतालका प्रमुख सुन्दर रानाले जानकारी दिए। जसमा ४१ जना आँखाका बिरामीलाई निशुल्क शल्यक्रिया समेत गरिएको छ । लायन्स लौकाल आँखा अस्पताल तानसेनका डाक्टर अमृत बास्तोलाको नेतृत्वमा आएको चिकित्सकको टोलि पहिलो पटक ठूलो टिम र औषधि सहित आएर गाउका नागरिकमा ज्योति थपिदिएको ८५ बर्षीय तिलतामा सोमैले खुशी हुँदै बताउनुभयो । शिबिरको अघिल्लो दिन टोलीले गौरीशंकर माध्यमिक विद्यालय मित्यालका विद्यार्थीको आँखा उपचार गरेको थियो । शिविरको व्यवस्थापन निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालले गरेको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


