अंग्रेजी भाषा सम्वन्धि शिक्षण सीप अभिवृद्धि तालिम
रामचन्द्र भट्टराई /चापाकोट :
प्राथमिक तहका शिक्षकहरुका लागि अंग्रेजी माध्यमा पठन पाठन सम्वन्धि एक दिने शिक्षण सीप अभिवृद्धि तालिम चापाकोट स्याङ्जामा सकिएको छ । विद्यार्थी पुस्तक प्रकाशनको अायोजना तथा शिक्षा शाखा चापाकोटको व्यवस्थापनमा गंगालाल मा वि सुन्तलीटारमा संचालन भएको तालिम सकिएको हो । चापाकोट नगरपािलकाका शिक्षा शाखा प्रमुख हुकुम सिंह गुरुङको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा नगर प्रमुख शिव कुमार गिरिले तालिममा सिकेका ज्ञान सीप कक्षा शिक्षणमा लागू गर्नु पर्ने कुरा बताउनु भयो ।

गंगालाल मा वि का प्र अ खेमराज भट्टराईको स्वागत बाट शुरु भएको कार्यक्रममा विद्यार्थी पुस्तक प्रकाशनका व्यवस्थापक घनश्याम रिजालले तालिमको उद्देश्यका बारेमा बताउनु भएको थियो । उद्घाटन कार्यक्रमको संचालन नगर शिक्षा शाखाका स्रोत व्यक्ति मुकुन्द प्रसाद डोटेलले गर्नु भएको थियाे ।
चापाकोट नगरपालिकाका प्राथमिक तहका २०७ जना शिक्षकहरुको सहभागीता रहेको तालिमको सहजीकरण विषय विज्ञहरु भीम प्रसाद न्यौपाने,खड्गराज अधिकारी,पुष्पराज पौडेल र राम गुरुङले गर्नु भएको हो । तालिममा प्राथमिकतहका कक्षामा अंग्रेजी ,गणित,विज्ञान ,सामाजिक विषय अंग्रेजी माध्यममा पठनपाठन गर्ने ज्ञान सीप सिकाईएको मुकुन्द प्रसाद डोटेलले जानकारी दिनुभएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


