४३ स्थानको आयो नतिजा : नेकपा २४ र काँग्रेस १२ मा बिजयी

nirbachan aayog logo

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) अग्रस्थानमा रहेको छ । हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ ।
 
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र  चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन् ।

भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
 
उपनिर्वाचन भएको ४३ वडाध्यक्षमध्ये ४० स्थानको मतगणना सकिँदा नेकपा २२, काँग्रेस ११, समाजवादी पार्टी नेपाल चार र राजपा नेपालले तीन स्थानमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा  सदस्यको कास्की, प्रदेशसभा सदस्य बागलुङ र दाङको उपनिर्वाचनको मतगणना जारी छ ।

स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिका र महोत्तरीको पिपरा, पाँचथरको फागुनन्द गाउँपालिकामा पनि मतगणना जारी छ । यस्तै तीन वटा वडाको अन्तिम मतपरिणाम पनि आउन बाँकी छ ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP