पूर्वसचिव शान्तबहादुर श्रेष्ठको मृत्यु
निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको बिहिबार बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनीको निधन भएको परिवारले जनाएको छ ।
निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उनीलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा स्वाइन फ्लुको समेत आशङ्का चिकित्सकले गरेको उनीका आफन्त विनोद श्रेष्ठले जानकारी दिइन् ।
निकै इमान्दार र निष्ठावान् व्यक्तित्व श्रेष्ठले पूर्वी पाल्पासँगै प्रदेश नम्बर ५ को रामपुर क्षेत्र, गण्डकी प्रदेशका तनहुँ –नवलपरासी र स्याङ्जा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक निर्माणलगायतमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


