नेपाल उत्पिडित दलित समाज विकास समिति गल्याङको दोस्रो अधिवेसन सम्पन्न
गल्याङ नगरपालिका उत्पिडित समुदायको पक्षमा छ–नगर प्रमुख अधिकारी
नारायण विश्वकर्मा /गल्याङ :
नेपाल उत्पिडित दलित समाज विकास समिति गल्याङको दोस्रो अधिवेसन तथा तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिका सधै उत्पिडित समुदायको पक्षमा रहेको बताउनुभयो । उहाँले यस संस्थाले जिल्लामै उदारहणीय काम गरेको भन्दै नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
अधिकारीले योजना बनाएर संस्थालाई अगाडी बढ्न सुझाब उत्पिडित समुदायका मथि भएका अन्याय र अत्याचार विरुद्ध अझ ससक्त ढंगबाट लाग्न सुझाव दिनुभयो ।
उहाँले नेपाल उत्पिडित दलित समाज विकास समितिले उत्पिडित समुदायका लागि निक्कै राम्रो आवाज उठाने र रचनात्मक कार्य गरेको भन्दै उच्च प्रसंसा गर्नुभयो ।
कार्यक्रमका सभापति समेत रहनुभएका नेपाल उत्पिडित दलित समाज विकास समिति अध्यक्ष कुल बहादु विश्वकर्माले दलित समुदायको एक्लैको प्रयासले मात्र समाज विभेदबाट मुक्त हुन नसक्ने भन्दै गैरदलित समुदायको हातेमालो आवस्यक पर्ने बताउनुभयो ।
संविधानले मौलिक अधिकार अथवा प्रस्तावनामै उल्लेख गरेका जातिय भेदभाव दण्डनिय भएतापनि व्यावहारमा पटक्कै लागु नभएको बताउनुभयो । विभिन्न ठाउँमा छुवाछुत मुक्त अभियान लाईयो, गल्याङ नगरपालिकालाई पनि छुवाछुत मुक्त नगर घोषणाको छलफल चलाउन जोड दिनुभयो । उहाँले नगरले गरेका विकासका काम उदाहरणीय भएको बताउनुभयो । समाजमा रहेका उत्पिडित समुदायलाई जहिले सम्म अछुत भनेर पर्गेलिन्छ त्यहिले सम्म विकासले सार्थकता नपाउने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य तिलकराम विश्वकर्माले नेपाल उत्पिडित दलित समाज विकास समितिलाई आशा र भरोसाको केन्द्र बनाउन आफ्नो तर्फबाट पहल गरिरहेको बताउनुभयो ।
गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालले संस्थाले उठाएका मुद्धामा गल्याङ उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने बताउनुभयो ।
नेपाल रेडक्रस गल्याङ उपसाखाका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराईले दलित समुदायलाई हिनताबोधको भावना अटाउन सुझाव दिनुभयो ।
आफुहरु पनि समाजमा छुवाछुत नगर्ने र अरुलाई पनि त्यस्तो अमानविय व्यवहार कसैलाई गर्न नदिने बताउनुभयो ।
नेपाल उत्पिडित दलित समाज विकास समितिका सल्लाहाकार किसान श्रेष्ठले नेपाल उत्पिडित दलित समाज विकास समितिलाई अगाडी वढ्न उत्कृष्ट सल्लाहा र विचार दिईरहने बताउनुभयो ।
नेपाल उत्पिडित दलित समाज विकास समिति अध्यक्ष कुल बहादु विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य समिति सदस्य अन्जु सुनारले गर्नुभएको थियो भने संचालन सचिव सुमित्रा खड्काले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


