करेन्ट लागेर युवकको ज्यान गयो

सीता डाेटेल/पाल्पा : पाल्पाको निस्दी-५, गल्धामा करेण्ट लागेर एक जना युवाकाे मृत्यु भएकाे छ । गल्धामा विद्युतकाे लाइन बिस्तार गर्ने क्रममा करेण्ट लागेर धादिङ जिल्ला रोराङ गाउँपालिका वडा नं ४ का २६ वर्षिय नेत्र बहादुर बिसुङ्केको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रत्यक्षदर्शीका अनुसार विजुलीको मेन लाईन बन्द गर्न गएका कर्मचारीले उनलाई बन्द गरेपश्चात काम सुचारु गर्न भनेका थिए तर बन्द गर्न नपाउँदै उनले काम सुरु गरिसकेकाले करेण्ट लागेकाे बताइएकाे छ । लालीगुँरास विद्युत लाइनकाे मेनलाइन जाेड्ने क्रममा दुर्घटना भएकाे रामपुर प्रहरीले जनाएकाे छ । करेण्ट लागेपछि बिसङ्के पाेलबाट खसेका थिए । थप अनुसन्धान भइरहेकाे छ । घटनापछि गाई बाख्रा चराउन गएकी एक महिलाले देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् । उनको शव रामपुर अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP