कमेडी च्याम्पियनको चर्चामा स्याङजाली बिष्णु गौडेल ‘मेक्सम’

आँधीखोला खबर /स्याङजा :
पछिल्लो समययता नेपालमा रियालिटी शोको लोकप्रियता बढ्दो छ । केही हप्तादेखि कमेडी रियालिटी शो कमेडी च्याम्पियन प्रदर्शनमा आएको छ । च्याम्पियनमा हास्य क्षेत्रमा मौका खोजिरहेका कमेडियनले सहभागिता जनाएका छन ।
हास्य शो को चर्चा समेत बढ्दै गएको छ । स्याङजाको वालिङका बिष्णु प्रसाद गौडेल (मेक्सम)को पनि चर्चा भइरहेको छ । ‘कमेडी च्याम्पियन’ को ‘टप–१५’ मा परेका बिष्णुको कमेडी शैलीलाई लिएर दर्शक उत्साहित भएका छन । बिष्णु पनि कमेडी च्याम्पियनमा आफ्नो कला देखाउन पाउँदा खुशी व्यक्त गर्छन । निर्णायकको भुमिकामा रहेका मनोज गजुरेल, सन्तोष पन्त, प्रदीप भट्टराई र ऋचा शर्मा लगायतले खुलेर उनको प्रशंसा गरेको देखिन्छ भने दर्शकले समेत उनको प्रस्तुतीबाट खुबै मज्जा लिइएरहेको देखिन्छ । विषयवस्तुमा धेरै कुरा अटाउने उनको खुबीको तारिफ हुने गरेको छ ।

आयोजकले यो शो दर्शकले छोटो समयमा नै मन पराउँदै गएको बताइएको छ नेपालमा पहिलोपटक शुरु भएको यो खाले कमेडी शोले चर्चा पाइरहेको छ । शोलाई विशाल भण्डारीले निर्देशन गरेका छन भने रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गरिरहेकी छिन । कमेडी च्याम्पियन हुने विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
स्याङजाका गौडेलले आफ्नो प्रस्तुती हेरेर सल्लाह सुझाब दिन र भोट गरिदिन अनुरोध गरेक छन् । मोबाइलमा इ सेवा एप डाउनलोड (eSwa app Download) गरी भोट गर्न सकिनेछ । एप भित्र Comedy Champion मा गई बिष्णु गौडेलको नाम र तस्बीरमा गई भोट गर्न सकिने छ । त्यस्तै नेपाल बाहिबाट पनि भोट गर्न सकिने गौडेलले बताए । नेपाल बाहिरबाट Comedy Champion को app Download गरि गौडेलको नाम र तस्बीरमा गई निशुल्क भोट गर्न सकिने छ ।
कार्यक्रम अन्तर्गत मंगलबार राती १० बजेबाट शुक्रबार मध्यान्ह १२ बजे सम्म भोट गर्न सकिनेछ ।

Facebook Comments Box
TOP