कफी रोपण सम्बन्धी स्थानीय तहबीच अन्तरक्रिया

भवानी अधिकारी/स्याङजा :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी सुपरजोन परियोजना कार्यान्वयन इकाई गुल्मीको आयोजनामा आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यक्रम सार्वजनिक एवं स्थानीय तहबीच अन्तरक्रया गरिएको छ ।
कफी सुपरजोन परियोजना कार्यान्वयन इकाइ गुल्मी प्रमुख उमानाथ भण्डारीले स्याङजा, गुल्मी, अर्घाखाँची, प्यठूान र पाल्पा जिल्लालाई समेटेर कफि सुपरजोन बनाएको जानकारी गराउदै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाले किसानलाई ब्यावसायिक कफी खेती गर्न सुझाव दिदै कफी ब्यवसायी किसानलाई कफी बिरुवा, यान्त्रिकरण, मल लगायत आवश्यक पर्ने तत्वहरुमा राज्यले ५० प्रतिशत अनुदानको ब्यवस्था गरेको बताउदै आफना पाखाबारीमा कफीका बिरुवा रोपणगरी आर्थिकोपार्जन गर्न आग्रह गर्नुभयो ।
आर्थिक बर्ष ३०७३ देखि २०८२ सम्म १० बर्षे संचालित परियोजना स्याङजाका ११ वटै पालिकासंग समन्वयगर्दै कफी ब्यवसायलाई प्रवद्र्धन एवं परम्परागत कफी खेती प्रणालीलाई ब्यवसायिक कफी खेती प्रणालीमा रुपान्तरण गर्ने परियोजनाको लक्ष्य रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका आर्थिक समिति संयोजक बाबुकाजी जीटी, कफी परियोजना ब्यवस्थापन समितिका सदस्य फणिनारायण अर्याल लगायतले जिल्लामा उत्पादित कफी र किसानका बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला समन्वय समिति स्याङजाका सदस्य सीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कफी ब्यवसायी संघ स्याङजाका अध्यक्ष ख्यामनारायण शर्माले स्वागत एवं कफी ब्यवस्थापक माया तिवारीले संचालन गर्नुभएको थियो ।
सुपरजोन अन्र्तगत गतबर्ष ५ जिल्लाका १९ स्थानीय तहका ७ सय ६७ हेक्टरमा कफी खेती गरिएको थियो भने १ सय ५२ मेट्रिक टन कफी उत्पादन भएको थियो । स्याङजामा भने पुतलीबजार र वालिङ नगरपालिका तथा बिरुवा, फेदिखोला र अर्जुनचौपारी गाउपालिकामा परियोजना लागु भएको छ ।
नगदे बालिका रुपमा परिचित कफी स्याङजाका ३ सय १६ हेक्टरमा, गुल्मीमा १ सय ६३ हेक्टरमा, अर्घाखाचीमा १ सय ३५ हेक्टरमा, पाल्पामा १ सय २२ हेक्टरमा र प्यूठानमा ३१ हेक्टरमा रोपिएका छन् । किसानले समूह, सहकारी, नीजि रुपमा समेत कफी लगाउदै आएका छन् । ५ जिल्लामा गरी २८ वटा समूह सहकारी र नीजि सहितगरी सुपरजोनमा ७ सय ८६ जना कफी किसान आवद्ध छन ।

Facebook Comments Box
TOP