बोल्न नसक्ने छोरा हराए पछि बिक परिवार चिन्तामा,खोजी गरिदिन सबैलाई अनुरोध ।

आँधीखोला खबर/स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिका–१३, खानीडाँडा घर भई पछिल्लो समय गल्याङ नगरपालिकाको भानु बिद्यालयको विशेष कक्षामा आवासिय रुपमा अध्यनरत अभिषेक विक हराएको भन्दै उहाँको परिवारले खोजिदिन सबैलाई अनुरोध गरेको छ । १५ बर्षीय बोल्न नसक्ने छोरा हराएको भन्दै बुबा ज्ञान वहादुर वि.क. र आमा मनमाया बिकले खोजि गरिदिन अनुरोध गरेका हुन् ।
अन्दाजी चार फिट अग्लो, हल्का कालो वर्णको, निलो हाईनेक, कालो ट्रयाक र रातो जुत्ता लगाई, सिविआरएस लेखेको झोला भिरेको अवस्थामा गल्याङ नगरपालिका तीन तल्लो जानेबाटो मुक्तिनाथ विकास वैंकरोडबाट आज सोमबार हराएको बताईएको छ ।
फेलापार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा ९८२४१६६०४१ मा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP