चापाकोट- ज्याग्दी बचतको साधारण सभा तथा अधिबेशन सम्पन्न ।

बिश्व भट्टराई/चापाकोट :
चापाकोट ४ दार्शिङमा रहेको ज्याग्दी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको नबौ साधारण सभा तथा पाचौं अधिबेसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै चापाकोट नगरपालिका का प्रमुख शिव कुमार गिरीले सहकारीले बिशेष गरेर ऋण प्रवाह गर्दा ब्यक्ती लाई भन्दा समुहलाइ प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख गिरीले सस्तो ब्याजमा जनतालाइ ऋण लगानी गर्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर शाही ,वडा नम्बरी ४ का अध्यक्ष बिक्रम शारु, ऋण संयोजक बलराम गिरी,सेयर सदस्य निलाकन्ठ लम्साल ,टंक पुरी लगायतले बोलेका थिए ।


सहकारीका अध्यक्ष अर्जुन कुमार खाँडको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्षमण शारुले गर्नु भएको थयो । पाचौं अधिबेशनले पुनः अर्जुन कुमारखाँण को नेतृत्व मा नया कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा बलराम गिरी सचिबमा केशब गिरी कोषाध्यक्षमा रिशब लम्साल र ऋण उपसमिति मा भिम बहादुर थापा रहनुभएको छ । सहकारिको चापाकोट नगरपालिका बिरुवा गाउँपालिका ,हरिनास गाउँ पालिका कार्यक्षेत्र रहेको छ । सहकारी मा हाल २१० सेयर सद्स्य रहेका छन ।

Facebook Comments Box
TOP