सिएफएलजिको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला भीरकोटमा शुरु
एशिव शरण महत/भीरकोट – भीरकोट नगरपालिका नगरकार्यपालिकाको आयोजनामा दुई दिने CFLG को कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला तमू समाजको भवनमा शुरु भएको छ ।
दुई दिने कार्यशालाको शुभारम्भ गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले आगामी चैत्र मसान्तर भित्र नगरपालिका वालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखेकाले वालमैत्री नगर वनाउनको लागी विभिन्न चरणहरु पुरा गर्नुपर्ने भएकाले कार्यशालाको आयोजना गरीएको भन्दै यस कार्यमा जनप्रतिनिधि, अभिभावक,कर्मचारी, विद्यार्थी,व्यवसायी र नगरवासी सवैको सहयोगको आवश्यकता र उत्तिकै जिम्वेवार हुनुपर्ने वताउनु भयो ।
दुई दिने CFLG को कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशालमा ९ वटा वडाका वडाअध्यक्ष,९ सम्पर्क व्यक्ति,९ वडा सहजकर्ता, ४ नगर सहजकर्ता ,स्वास्थ्य र शिक्षा शाखाका कर्मचारीहरुको सहभागीता रहेको कार्यशालाको सहजिकरण राष्ट्रिय प्रशिक्षक विष्णु चौवेले गर्नु भएको छ । भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालको अध्यक्षता रहेको कार्यशालाको संचालन शिक्षा शाखा प्रमुख हेम प्रसाद आचार्यले गर्नुभएको थियो ।



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


