चापाकोटमा १ महिने बुटिक तालिम शुरु,सिकेको कुरा व्यबहारमा उतारौं : नगरप्रमुख गिरी
बिश्वप्रकाश भट्टराई/चापाकोट :
चापाकोट नगरपालिकामा १ महिने बुटिक तालिम शुरु भएको छ । जनजागरण महिला समूह चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौरको आयोजना र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा १ महिने बुटिक तालिम शुरु भएको हो । तालिमको उदद्घाटन गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिबकुमार गिरिले तालिम सिकेर मात्र हुँदैन भन्दै सिकेका कुरा व्यबहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो। सिपमुलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने हुँदा प्रमुख गिरीले तालिम सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नु भएको थियो ।

यस भन्दा अगाडि चापाकोट नगरपालिकाले दिएको बुटिक तालिममा सहभागी भएका उत्कृष्ट सहभागी सरस्वती सेन र शान्ति सेनले तालिमको संयोजन गर्नुभएको छ ।
कार्यक्रममा नगर सल्लाहकार ज्ञानेस्वर बस्ताकोटी, कार्यपालिका सदस्य सुर्यमाझी लगायतले भएके थियो ।
समूहका अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षतामा भएको तालिमको शुभारम्भ कार्यक्रममा सरस्वती खनालको स्वागत र मिरा अर्यालको सञ्चालन रहेको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


