चापाकोटमा १ महिने बुटिक तालिम शुरु,सिकेको कुरा व्यबहारमा उतारौं : नगरप्रमुख गिरी
बिश्वप्रकाश भट्टराई/चापाकोट :
चापाकोट नगरपालिकामा १ महिने बुटिक तालिम शुरु भएको छ । जनजागरण महिला समूह चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौरको आयोजना र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा १ महिने बुटिक तालिम शुरु भएको हो । तालिमको उदद्घाटन गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिबकुमार गिरिले तालिम सिकेर मात्र हुँदैन भन्दै सिकेका कुरा व्यबहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो। सिपमुलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने हुँदा प्रमुख गिरीले तालिम सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नु भएको थियो ।

यस भन्दा अगाडि चापाकोट नगरपालिकाले दिएको बुटिक तालिममा सहभागी भएका उत्कृष्ट सहभागी सरस्वती सेन र शान्ति सेनले तालिमको संयोजन गर्नुभएको छ ।
कार्यक्रममा नगर सल्लाहकार ज्ञानेस्वर बस्ताकोटी, कार्यपालिका सदस्य सुर्यमाझी लगायतले भएके थियो ।
समूहका अध्यक्ष बिष्णु भण्डारीको अध्यक्षतामा भएको तालिमको शुभारम्भ कार्यक्रममा सरस्वती खनालको स्वागत र मिरा अर्यालको सञ्चालन रहेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


