बोएर बाख्राको बारेमा जानकारी…..
शुसिल अर्याल, प्रमुख (अधिकृत) पशु सेवा शाखा गल्याङ नगरपालिका, स्याङ्जा :
बोएर बाख्रा मासु उत्पादन का लागि बिकास गरिएको बाख्रा हो । यो बाख्रा दक्षिण अफ्रिका को स्थानीय बाख्रा लागि विकसित गरिएको जात हो । यो बाख्रा दक्षिण अफ्रिका मा किसान को बाख्रा नाम ले चिनिन्छ । टाउको देखि घाटी सम्म को भाग रातो अनि अरु भाग पूरा सेतो हुने यो बाख्रा २ बर्ष मा ३ पटक ब्याउछ । एक पटकमा २ – ४ वोता सम्म बच्चा जन्माउछ । आमा ले बच्चालाई राम्रो सग दुध पुराउन सक्ने यो जात अती छिटो बढने दैनिक २३५ ग्राम का दर ले मासु मा बोसो नहुने हुनाले यस लाई कोलेस्त्रोल फ्री मासु पनि भनिन्छ ।
सुख्खा ठाउ मा राम्रो सग हुर्कन सक्ने यो बाख्रा ले चिसो अनि आन्तरिक प्ररजिबि ( नाम्ले ,माटे ,जुका ) सहन सक्दैन । त्यस कारण यो बाख्रा नेपाल मा चिसो हावा पानी भएको ठाउमा पाल्दा ख्याल गर्नु पर्छ । यो बाख्रा नेपाल को हकमा कुरा गर्दा चरायर भन्दा बधुवा पद्दती बाट पाल्दा फाइदाजनक हुन्छ । किन कि यो बाख्रा ले हाम्रो देश मा भएको बिसालु घाँस हरु चिन्न सक्दैन । यो बाख्रा लाई बिष लागेको खण्ड मा बचाउन गाह्रो हुन्छ ।
यो बाख्रा सन १९९० मा को बिकास गर्ने कार्य मा न्युजिल्यान्ड ,अस्ट्रेलिया को मुख्य भुमिका रहेको छ। आज सबैभन्दा बढी माग हुने बाख्रा मा यो पर्दैछ। आज संसार का धेरै देशमा यो बाख्रा पुगेको छ। धेरै देश हरु मा पुगेको भए पनि हाम्रो दक्षिण एयियामा भने भारत यो बाख्रा सिधै नल्याई भुण प्रत्यारोपण (एम्बृयो टान्स्फर ) गरि निबम्बाकर नामक कम्पनी ले बिकास गरेको छ । सार्क रास्ट्र हरु मा भारत पछी नेपाल हो। यो बाख्रा ल्याउने देश । भुटान बङलादेश हरु मा भर्खर मात्रै बोएर लगिएका छन । नेपाल मा सबर् प्रथम सिड नेपाल नामक गैहे सरकारि सस्था ले अमेरिका बाट भित्र्यायेको हो । यो बाख्रा सुरुमा लम्जुङ को सुन्दरबजार क्षेत्रमा स्थानीय जात सग यो जात को बोका क्रस गराइ बिकास गरेको थियो । भारत बाट बागमति बोएर फर्म ,धार्के ले पहिलो पटक नेपाल मा यो बाख्रा को ब्याबसायिक कार्य सुरु गरेको हो । नेपाल मा समुदाय ले यो बाख्रा को बिस्तार मा सुन्दर बजार , दाङ ,पेखु लगायत को भुमिका महत्त्वपूर्ण रहेको छ। शाही काल मा कृषि मन्त्री केसर बिष्ट ले नार्क ( बन्दिपुर बाख्रा अनुसन्धान केन्द्र ) लाइ अनुसन्धान गर्न लगायका थिए ।
हाल नेपाल मा बोएर बाख्रा को धेरै चर्चा अनि कुरा हुने गरेको पाइन्छ । सरकार तबर बाट नेपाल मा खाद्य सुरक्षा , किसान कोलागी बीउ ,ले मात्रै सरकारि तबर बाट बोएर बाख्रा नेपाल ल्यायेका छ्न। निजि क्षेत्र बाट हाल सम्म ५ वोटा फार्म हरु ले बोएर बाख्रा नेपाल भित्र्याउन सफल भएको छ। हाल सम्म एउटा मात्रै फर्म ले( जगत पुर एग्रो फर्म ) दक्षिण अफ्रिका बाट बोएर भित्र्याउन सकेको छ। अरु ले अस्ट्रेलिया बाट बोएर भित्र्यायेको पाइन्छ । नेपाल मा कस्ले कति अनि कुन देश बाट बोएर बाख्रा भित्र्याएको छ जान्न को लागि पसुसेवा बिभाग , हरिहर भवन मा जानकारी लिदा अधिकारिक श्रोत मानिन्छ ।
यो बाख्रा नेपाल मा धेरै भाग मा फैलिएको भए पनि हाल बोएर बाख्रा को नाममा धेरै किसान हरु ठगीयेको खबर सुन्न अनि देखन थालीयेको पाइन्छ । शुद्ध बोएर जन्मन को लागि बोका पनि सुद्द अनि माउ पनि सुद्द बोएर हुनुपर्छ ।सुद्द बोका बाट क्रस भइ स्थानीय माउ बाख्रा सग क्रस जन्मेको बोएर ५० % मात्रै हुन्छ। आज काल एउटा बोका ल्यायेर रातो टाउको भएको क्रस बाख्रा सुद्द बोएर भनी बिक्रीवितरण गरेको देखन अनि सुन्न पाइन्छ । हाम्रो अनुरोध छ । बोएर सुद्द हुन्न एज जोडी माउ बोका भएको फार्म बाट मात्रै बोएर खरिद गर्नु होस हतारहतार होइन राम्रो सग बुझेर मात्रै लगानी गर्नु होस ।
राम्रो जाने बुझे को बाख्रा को जानकारी भएको ब्याक्ती सग जानकारी लिनुहोस। बिदेश बाट आएको भन्दै मा पनी राम्रो बोएर हुन्छ भन्ने भरम हटाउन अबस्क छ।कस्तो खालको फार्म हो त्यो फार्म वास्तविक कुरा केहो राम्रो सग जानकारी लिनु होस । बोएर लाई २ लाख मात्रै होइन १५-१८ लाख सम्म पनि पर्छ । एउटा बोकाको कुरा गुणस्तर अनुसार मुल्य राखीयेको हुन्छ। आजकाल बोएर को बजार राम्रो देखेर केही ब्याक्ती हरु फेस्बुके फार्म खोलेर ठग ठाग काम गरेको पाइन्छ ।
एउटा फार्म के बिदेश बाट बाख्रा ल्याउदैछ भनेने कुरा थाहा पायपछी माग सकलन गरि बढी माअरु लाई बिक्रीवितरण गर्न हरु सग होशियारपूर्वक खरिद गर्नु हुन समेत अनुरोध गरिन्छ। साना ब्याब्सायी साथी हरु ले सुद्द को लागी धेरै रकम खर्च गर्नु भन्दा क्रस बोएर हरु लगेर बोएर बिकास गर्दा राम्रो नतिजा आउनेछ । यो बाख्रा बोएर बाख्रा नेपाल सरकार को नार्क ले अझै अनुसन्धान गरिरहेको छ। हाल सम्म को नतिजा ले कालाहारी redboer को गुण किसान कोलागि फाइदाजनक देखियेको छ। तर पुर्ण रूपमा नतिजा आउन बाँकी छ । ( युवकहरु को लागि नमुना बाख्रा गाउँ अभियान , वालिङ ,स्याङ्जा )
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…