स्याङ्जाको विरुवामा लाटोकोसेरो तथा हुचिल उत्सव हुने ।

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको विरुवा गाउँपालिका–३ को राङभाङमा लाटेकोसेरे तथा हुचिल उत्सव हुने भएको छ । संस्कृति, पर्यावरण, संरक्षण र मनोरञ्जनको सम्मेलन हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवका संयोजक बालकुमार गुरुङले जानकारी दिनुभयो ।
आगामी माघ २४ र २५ गते बिरुवामा हुने उत्सव मिलेनियम ट्रेक व्यवस्थापन समिति, राङभाङ क्लब र प्रकृतिका साथीहरु संस्थाको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो ।
हालसम्म यस्तै प्रकृतिको उत्सव चितवन, धादिङ, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा आयोजना भइसकको आयोजकले जनाएको छ । नेपालमा ८ सय ८७ प्रजातिका चराहरु नेपालमा पाइन्छ । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने आयोजकको भनाई छ । त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन । लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको बताईन्छ ।
अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरेको प्रमुख आहारा हो । ४ वटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा शिकार गर्ने भएकाले यो किसानको साथी मानिन्छ ।
लाटोकोसेरो महोत्सव अमेरिका, इटली, भारत र नेपालमा गरी ४ देशमा मात्र गरिन्छ । सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालेको हो । नेपालमा लाटोकोसेरो तथा हुचिल उत्सव भने सन् २०१२ देखि प्रत्येक वर्ष नयाँ स्थानमा मनाउने गरिन्छ ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…