स्याङ्जाको विरुवामा लाटोकोसेरो तथा हुचिल उत्सव हुने ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको विरुवा गाउँपालिका–३ को राङभाङमा लाटेकोसेरे तथा हुचिल उत्सव हुने भएको छ । संस्कृति, पर्यावरण, संरक्षण र मनोरञ्जनको सम्मेलन हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवका संयोजक बालकुमार गुरुङले जानकारी दिनुभयो ।
आगामी माघ २४ र २५ गते बिरुवामा हुने उत्सव मिलेनियम ट्रेक व्यवस्थापन समिति, राङभाङ क्लब र प्रकृतिका साथीहरु संस्थाको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो ।
हालसम्म यस्तै प्रकृतिको उत्सव चितवन, धादिङ, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा आयोजना भइसकको आयोजकले जनाएको छ । नेपालमा ८ सय ८७ प्रजातिका चराहरु नेपालमा पाइन्छ । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने आयोजकको भनाई छ । त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन । लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको बताईन्छ ।
अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरेको प्रमुख आहारा हो । ४ वटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा शिकार गर्ने भएकाले यो किसानको साथी मानिन्छ ।
लाटोकोसेरो महोत्सव अमेरिका, इटली, भारत र नेपालमा गरी ४ देशमा मात्र गरिन्छ । सन् २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालेको हो । नेपालमा लाटोकोसेरो तथा हुचिल उत्सव भने सन् २०१२ देखि प्रत्येक वर्ष नयाँ स्थानमा मनाउने गरिन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


