सेनाले बम विष्फोट गर्दा भत्किएको कालिगण्डकी करिडोरमा पर्ने स्थानियको घर सेनाले नै बनाउने
गुल्मी: राष्ट्रिय गौरवकै योजना कालीगण्डकी कोरिडोरको काम भइरहदा यहाका स्थानियहरु घरवारविहीन बनेको बिषयमा समाचार प्रकाशित भएसँगै गरिएको फलोअपले अन्तत करिडोर निर्माणमा संलग्न सेना, पालिका र स्थानियहरुबिच सहमती जुटेको छ।
गुल्मीको कालिगण्डकी गाउँपालिका २ बौरमा कोरिडोरको कामको जिम्मा पाएको नेपाली सेनाको टोलीले काम गरिरहदा स्थनियहरुको घरमा प्रत्यक्ष असर पुगि करिव १०० मिटर तल रहेका १५ घरधुरी विस्थापित बनेको बिषयलाई हाम्राकुराले प्रकाशन गरेको थियो ।
सेनाको टोलीले आफुहरुसँग सरसल्लाह समेत नगरी र अनुरोध गर्दा पनि नमानी बम पट्काएर बाटो खन्दा ठूला ठूला ढुङ्गाहरु खसी घरै भत्केको थियो ।
आइतवार स्थानिय भीष्म पराजुलीको सहयोगमा पिडित र गाउपालिका अध्यक्षको रोहबरमा सहमती जुटेको छ। सहमती अनुसार उचित क्षतिपूर्तीको ब्यवस्था समेत सेनाले गर्नुपर्ने भएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


