फरक क्षमताका बिद्यार्थीसँग मनायो सक्षम वालिङ सिभिटेन क्लवले अपांग दिवस

आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङमा क्रियाशिल रहेको सक्षम सिभिटेन क्लवले २७ औँ अन्तराष्ट्रिय अपांग दिवस फरक क्षमताका बिद्यार्थीहरुसँग मनाएको छ । क्लवले भुम्रे माबिको बिशेष कक्षामा अध्ययनरत बिद्यार्थीहरुसँग दिवस मनाएको हो । अपांग तथा फरक क्षमता भएकाहरुलाई सहयोग र सहायता प्रदान गर्नु क्लवको मुख्य मुख्य उद्देश्य नै रहेको अध्यक्ष कमल उपाध्यायले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष दिलिप बगालेले फरक क्षमता भएकाहरुलाई सबैले सम्मान गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ वालिङका अध्यक्ष राजेन्द्र डुम्रे, क्लवका संस्थापक अध्यक्ष जितु गुरुङ, निवर्तमान् अध्यक्ष मन्जु सुबेदी लगायतको उपस्थिति रहेको थियो ।
सक्षम वालिङ सिभिटेन क्लवका उपाध्यक्ष पुष्पा अर्याल रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिब सीता काफ्लेले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP