आँधीखोला जलाशययुक्त जलविद्युत आयोजना निर्माण तत्काल थाल्न स्याङ्जाबासीको माग
आँधीखोला खबर/गल्याङ :
आँधीखोला जलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई तत्काल अगाडि बढाउन स्याङजाबासीले माग गरेका छन । स्याङजाको गल्याङमा शनिवार गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा आधिँखोलामा उच्च बाँध बनाउने प्रक्रिया तत्काल शुरु गर्नु पर्ने बताएकाहुन् । आँधीखोला जलाशययुक्त जलबिद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङकन ईआईएको मस्यौदा प्रतिवेदन तयारका लागि प्रभावित क्षेत्रका स्थानियबासीको प्रतिक्रिया तथा सुझाव संकलनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
आँधीखोलामा उच्च बाँध निर्माणको चर्चा सधै भईरहन्छ जसका कारण हामी सधै तनावमा बस्नु पर्दछ प्रभावित क्षेत्रका बासिन्दाले भने । कि निर्माण हुन्छ भनिदिनु पर्यो कि त हुदैन भनिदिनु पर्यो हामीलाई मर्कामा पार्न भएन उनीहरुको भनाई छ ।
नेपाल विद्युत प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभाग भक्तपुरको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले ४० वर्ष देखि आफुहरुलाई अन्यौलमा पार्दे आएको भन्दै अव भ्रममा पार्ने काम आफुहरुलाई सैह्य नहुने भनाई राखे ।
कार्यक्रमका सहभागिहरुले आँधिखोला निर्माण गर्दा प्रभावित क्षेत्रका बासिन्दालाई एकिकृत बस्ती बसाल्नुुपर्ने, मुआब्जा निर्धारण, शत प्रतिशत क्षेतिपुर्ति पाउनुपर्ने लगायत भनाई राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव कृष्ण प्रसाद ढकालले आयोजना निर्माण गर्दा वातावरणमा पर्ने असर न्युनिकरण गर्न प्रतिवेदन तयार पार्न लागिएको भन्दै स्थानीयले उठाएका विषयमा सम्बोधन गरिने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा संविधान सभाका सदस्य मुक्तिप्रसाद पाठक, जिल्ला समन्वय समितीका उपप्रमुुख दिलिप प्रसाद बगाले, वालिङ नगरपालिकाका प्रमख दिलिपप्रताप खाँण, पाल्पाको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, स्याङजा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, गल्याङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष लेखनाथ भट्टराई, भानुभक्त माविका प्रअ रामकान्त पाठक, आँधिखोला सिंचाई आयोजनाका अध्यक्ष पदम प्रसाद पाण्ड,े गल्याङ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादुर गुरुङ वडा नम्बर ३ का वडाअध्यक्ष महेश भट्टराई वडा नम्बर ४ का वडाअध्यक्ष नेत्र प्रसाद पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
सहभागिका जिज्ञासालाई समेट्दै आँधीखोला जलाशययुक्त जलविद्युत आयोजनाका प्रमुुख प्रितमलाल प्रधानले स्थानियले दिएका दिएका प्रतिक्रियालाई प्रतिवेदनमा समावेश गरिने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीको सभापतित्वमा भएको थियो भने सञ्चालन माधव भट्टराईले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


