४२ किलोमिटरको म्याराथनमा बोगटीले जिते नेपालको लागि ४२ औँ स्वर्ण
१३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ ।
पुरुषतर्फको म्याराथनमा नेपालका लागि किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते भने भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते । किरणको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् ।
उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् । पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


