४२ किलोमिटरको म्याराथनमा बोगटीले जिते नेपालको लागि ४२ औँ स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ ।

पुरुषतर्फको म्याराथनमा नेपालका लागि किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते भने भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते । किरणको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् ।

उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् । पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् ।

Facebook Comments Box
TOP