१४ बर्षीया बालिकालाई बिबाह गर्ने २७ बर्षिय युवक सहित ३ जना पक्राउ

आँधीखोला खबर /वालिङ :
स्याङ्जामा बालिकाको मञ्जुरी बिना बिबाह गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । हरिनास गाउँपालिका ६ बस्ने १४ वर्षीया एक बालिकालाई मञ्जुरी बिना बिबाह गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक डिएसपी एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
प्रहरीका अनुशार पुस ४ गते प्रहरीमा परेको जाहेरीका आधारमा बाल बिबाह गर्ने हरिनास गाउँपालिका ६ बस्ने २७ वर्षीय सन्तबहादुर राना र बिबाह गराउन सहयोग गर्ने ६४ वर्षीय बेलबहादुर रानालाई पक्राउ गरिएको हो । २७ वर्षीय सन्तबहादुर राना र १४ वर्षीया बालिकाबीच बालिकाको मञ्जुरी बिना बिबाह गराएर घरमा भित्र्याउन सहयोग गर्ने सोही ठाउँका ४६ वर्षीया सुना राना र बेलबहादुर रानालाई बिबाहसम्बन्धी कसुर अन्तर्गत बालबिबाह मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…