तेह्रौँ साग : २३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा (पोईन्ट टेबल सहित)

काठमाडौं । १३ औँ सागअन्तर्गत नेपालले तेस्रो दिन पनि ठूलो सफलता हात पारेको छ । दोस्रो दिन १५ स्वर्ण जितेर सफल भएको नेपालले तेस्रो दिन आठ स्वर्ण जित्न सफल भएको हो । नेपालले तेस्रो दिन तेक्वान्दोमा दुई, करातेमा दुई, उसुमा दुई तथा दुवाथलन र एथ्लेटिक्समा एक-एक स्वर्ण जित्न सफल भएको हो । 

यता महिला भलिबलतर्फ नेपालले रजत पदक जितेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको हो । नेपाल भारतसँग ३-२ सेटमा पराजित भएको थियो ।

 

Facebook Comments Box
TOP