वालिङमा व्यवसायिक च्याउ खेति सम्बन्धी दुई दिने तालिम ।

आँधीखोला खबर / वालिङ :
स्याङ्जाको वालिङ १३ पाठेखोलामा व्यवसायिक च्याउ खेती सम्वन्धी तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै वडा नम्वर १३ का अध्यक्ष आनन्द पाठकले नगरपालिका एक गाउँ एक उत्पादनको अभियानका साथ अगाडि बढेको जानकारी दिनुभयो, उहाँले भन्नुभयो, कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि वडा तथा नगरले सहयोग गर्नेछ ।
रेशम विकास कार्यक्रम स्याङ्जाको आयोजना र स्वाभीमान महिला कृषक आईपिएम पाठशालाको समन्वयमा तालिम शुरु भएको हो ।
कार्यक्रममा रेशम विकास कार्यक्रम स्याङ्जाका प्रमुख विनोद हमालले कार्यालयले यही साउनदेखि च्याउ र मौरीको क्षेत्रमा समेत काम शुरु गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय सर्बशक्ति पा्रथमिक विद्यालयका प्रधानाध्यापक पदम प्रसाद पाठक, कृषि सञ्जाल स्याङ्जाका उपाध्यक्ष यज्ञ पाठक लगायतले बोलेका थिए । ३५ जना कृषकहरुको सहभागिता रहेको तालिममा फननारायण ढकालले सहजीकण गर्नुहुनेछ ।
रेशम विकासका प्रमुख हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आईपिएमका सचिव रेनुमाया पाठकले गर्नुभएको थियो भने सञ्चालन गोविन्दराज गौलीले गर्नुभएको थियो ।
तालिम पश्चात सहभागि कृषकहरुलाई निशुल्क च्याउको विउ र प्लाष्टिस्क घर समेत प्रदान गरिने रेशम विकास कार्यक्रम स्याङ्जाले जनाएको छ । तालिममा च्याउ खेतिका सैद्धान्तिक तथा व्यवहारिक सिपका बारेमा प्रशिक्षण दिईने बताईको छ ।

Facebook Comments Box
TOP