वालिङ : दिशाजन्य लेदो ब्यवस्थापन सम्बन्धी छलफल ।
आँधीखोला खबर/स्याङ्जा :
दिशाजन्य लेदो ब्यवस्थापन नीति निर्माण कार्यशाला तथा तयारीसम्बन्धी प्रारम्भिक बैठक सोमबार वालिङ नगरपालिकामा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजनामा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा कार्यशाला तथा तयारीसम्बन्धी प्रारम्भिक बैठक गरिएको हो ।
परियोजना अन्तर्गत वालिङ नगरपालिकाले छलफलबाट शहरी क्षेत्रको लागि हाल सञ्चालनमा रहेको सरसफाई केन्द्र परिसरभित्रै प्रस्तावित केन्द्रीकृत दिशाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्नका लागि डिपिआरको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
त्यस्तै ग्रामीण भेगहरुको सन्दर्भमा दिशाजन्य लेदो ब्यवस्थापनका लागि उचित समाधान र प्रचलित विकेन्द्रीकरणको अवधारणा अनुसार प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नेपाल नगरपालिका संघ शहरी सरसफाई विज्ञ ईञ्जिनियर मुस्कान श्रेष्ठले बताउनुभयो ।
प्रशोधन केन्द्र निर्माणका लागि डिपिआर तथा विकेन्द्रीकरणको अवधारणा अगाडि बढाउन प्रभावकारिता कार्यान्वयनका लागि नगरस्तरबाटै नीति निर्माण प्रक्रिया पनि जरुरी रहेकाले नगरपालिकाका सम्पूर्ण निकायहरुलाई सहयोगका लागि आब्हान गर्ने निर्णय भएको ईञ्जिनियर श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले दिसाजन्य लेदो ब्यवस्थापनसम्बन्धी संभाब्यता अध्ययन सकिएकाले अब आवश्यक नीति निर्माण तथा डिजाईन गरी विस्तृत कार्ययोजना बनाएर लागू गर्ने तयारीमा रहेको बताउनुभयो ।
दिसाजन्य लेदोको उचित ब्यवस्थापन गर्न नसकेकैकारण समस्या उत्पन्न भएको हो अब यसको ब्यवस्थापनसँगै आम्दानीको स्रोतकोरुपमा विकास गर्नु आवश्यक रहेको नगर प्रमुख खाँणको भनाई थियो ।
“चुनौतिकोरुपमा रहेको दिशाजन्य लेदो ब्यस्थापन गर्नु सभ्यताको शुरुवात पनि हो” नगर प्रमुख खाँणले भन्नुभयो, “वालिङका लागि यो अवसर हो यसलाई सफल पार्नका लागि एकजुट भएर लाग्न आग्रह गर्दछु ।”
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


