भीरकोटमा ३०० जना अट्ने क्षमताको सिटिहलको शिलान्यास
एशिव शरण महत/भीरकोट:
विभिन्न कार्यक्रम संचालन गर्न समस्या भैरहेको अवस्थामा सहरी विकास तथा भवन निर्माण मन्त्रालय अन्र्तगत संघिय आयोजना कार्यान्वयन इकाई कास्की शाखाको सहयोगमा भीरकोट नगरपालिका वडा न २ स्थीत कृषी सेवा केन्द्र सपौदेमा ३०० जना सम्म अट्ने क्षमता भएको सुविधा सम्पन्न सिटीहलको निर्माण हुने भएको हो ।
एक कार्यक्रमका विच भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले उक्त सिटीहलको शिलान्यास गर्नुभएको छ । सिटिहल शिलान्यास कार्यक्रममा वोल्दै प्रमुख खनालले संघिय सरकारले सिटिहल निर्माणको लागि वजेटको व्यवस्था गरेकोमा धन्यवाद व्यक्क्त गर्नु भएको छ । सुविधा सम्पन्न धेरै जना अट्ने क्षमता भएको भवन नहुनाले समस्या खेपी रहेको वेलामा अवको केही समय पछि ढुक्क संग कार्यक्रम त्यही पनि आफ्नै भवनमा गर्न मिल्ने भएपछि भीरकोट वासी हर्षित भएको भन्दै प्रमुख खनालले भीरकोट समृद्धीको वाटोमा अगी वढेको वताउनु भयो । आफ्नै कार्यकाल भित्र सवै वाडमा सुविधा सम्पन्न वडा भवन,नगरपालिकाको कार्यालय भवन निर्माण र प्रत्येक वाडमा जाने वाटो ग्राविल गर्ने समेत शिलान्यास कार्यक्रममा वताउनुभयो ।
सिटीहल शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनितिकदल,कर्मचारी, विभिन्न संघ सस्थाका प्रतिनिधि र सेवाग्राहीहरुको उपस्थीति रहेको थियो ।
सिटीहल शिलान्यास कार्यक्रममको संचालन नगरपालीकाका योजना अधिकृत याम प्रसाद रेग्मीले गर्नुभएको थियो ।
आगामी मंसिर भित्र सम्पन्न हुने सिटीहल रु. ४ करोड ७६ लाख ४६ हजार २० रुपैयाको लागतमा रविना फूजोर कन्ट्रक्सन काठमाडौले निमार्ण गर्ने छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…