उपकार बचत सहकारीको नवनिर्वाचित कार्यसमितिद्धारा सपथ तथा पदभार ग्रहण ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
उपकार बचत तथा ऋण सहकारी संस्थामा नवनिर्बाचित कार्य समितिको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सर्बसहमतिबाट निर्बाचित भएका कार्यसमितिलाई निर्बाचन अधिकृत गुरुदत्त सुबेदीले सपथ ग्रहण गराउनु भएको हो ।
गण्डकी प्रदेश कै नमुना मानिने उपकारको ८ औँ अधिवेसनबाट भरत प्रसाद बगालेको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरिएको थियो ।

नबगठित समितिको उपाध्यक्षमा लक्ष्मपति पौडेल, सचिबमा यज्ञ प्रसाद अधिकारी र कोषाध्यक्षमा गोकर्ण भट्टराई (चापाकोट) निर्बाचित हुनु भएको थियो । समितिका सदस्यहरुमा नारायण प्रसाद रेग्मी,दुर्गा न्यौपाने, रुपा आले थापा, तारा तिवारी, पबन बस्याल र राजकुमार गैह्रे रहेकाछन् । त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजकमा सागर गैह्रे र सदस्यमा नारायण प्रसाद गौडेल निर्बाचित हुनु भएको थियो भने ऋण उपसमितिमा घनश्याम पाठक र सुमन कल्याण अर्याल चयन हुनु भएको हो ।


कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण, सहकारीका निर्वतमान् अध्यक्ष पुण्य प्रसाद अर्याल,नेकपाका नेता उदय श्रेष्ठ, कांग्रेसकी नेतृ सरस्वती अर्याल तिवारी, सल्लाहकारहरु जगदिश प्रसाद गैह्रे,दामोदर गैह्रे, भोजराज गुरुङ, गीरमान् गुरुङ, नवनिर्बाचित उपाध्यक्ष लक्ष्मीपति पौडेल,दिपेन्द्र गैह्रे, झलकनारायण पाण्डे लगायतले नयाँ पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रमको पहिलो सत्र निर्बाचन अधिकृत गुरुदत्त सुवेदीको सभापतित्वमा भएको थियो भने दोस्रो सत्र नवनिर्बाचित अध्यक्ष भरतप्रसाद बगालेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा नवर्बिाचित अध्यक्ष बगालेले सहकारीलाई उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले सबै शेयर सदस्यकोे पूर्ण अपनत्व बोध हुने गरी गतिबिधी सञ्चालन गरिने बताउनु भयो ।


कार्यक्रममा निर्वतमान् अध्यक्ष पुण्य प्रसाद अर्याल र निर्वतमान् सचिब दिपेन्द्र गैह्रेलाई सम्मान् समेत गरिएको थियो ।
२०५० सालमा स्थापना भएको सहकारीले वालिङ नगरपालिकाको वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी ४ वटा सेवाकेन्द्र सञ्चालन गरिसकेको छ । सहकारीले वालिङमा आप्mनै भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको छ भने गण्डकी प्रदेशमै नमूना सहकारीका रुपमा स्थापित भएको संस्थाको दावी छ । वालिङ, गल्याङ, भीरकोट, चापाकोट गरी चार नगरपालिका र कालीगण्डकी तथा बिरुवा गाउँपालिकाका साथै हरिनास गाउँपालिकाका केही भागसम्म कार्यक्षेत्र विस्तार गरेको सहकारीमा ६ हजार ४ सय ४१ शेयर सदस्य रहेका छन् ।
महिला ३ हजार ७२ र पुरुष ३ हजार ३ सय ५९ गरी ६ हजार ४ सय ४१ सेयर रहेका हुन् । यो असार मसान्तसम्म शेयर पूँजी रु.६ करोड ४४ लाख ४७ हजार ७ सय रहेको छ भने निक्षेप रु. ४६ करोड १३ लाख ६६ हजार ४ सय ३५, ऋण लगानी रु.५४ करोड १९ लाख ७२ हजार ४ सय ३५ र कूल कारोवार रु.७० करोड ४४ लाख ७८ हजार ८ सय ७४ गरेको समेत सहकारीले जनाएको छ ।

कस्तो बन्यो त उपकारको कार्य समिति ?
सहमतिको आधारमा आएको उपकारको कार्य समितिमा धेरै क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरु पनि रहेकाछन् । अध्यक्षमा चयन हुनुभएका भरतप्रसाद बगाले शिक्षाबिद मात्रै नभएर उपकारकै पूर्ब उपाध्यक्ष,कोषाध्यक्ष समेत भएर काम गरिसक्नु भएको छ । सहकारीको स्थापनाकाल देखि नै सक्रिय बगाले नरम र सबैसँग मिलनसार व्यक्तिका रुपमा परिचित रहनु भएको छ । त्यस्तै उपाध्यक्षमा चयन हुनु भएका लक्ष्मीपति पौडेल सहकारी कै निर्वतमान्् उपाध्यक्ष समेत रहनु भएको छ । पौडेल जिल्ला भरीका सहकारीहरुको छाता सँगठन जिल्ला सहकारी संघको समेत बहालवाला अध्यक्ष हुनुहुन्छ ।
सचिबमा चयन हुनुभएका यज्ञ प्रसाद अधिकारी वालिङका प्रतिष्ठीत व्यापारी हुनुहुन्छ भने कोषाध्यक्षमा चयन हुनु भएका गोकर्ण भट्टराई चापाकोटको समाजसेवी हुनुहुन्छ ।
त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजकमा सागर गैह्रे तत्कालिन तिन्दोबाटे गाबिसका उपाध्यक्ष समेत बनि सक्नु भएको छ भने यस अघि उपकार मै लेखा समितिको जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।

रोचक कुरा त के भने संस्थाको स्थापनाकाल देखि नै कर्मचारी रहदै आउनु भएका नारायण प्रसाद गौडेल लेखा सुपरिबेक्षण समितिको सदस्यमा निर्बाचित हुनु भएको छ । केही समय पहिले उपकारको जागिर छाड्नु भएका गौडेल आफैले हुर्काएको संस्थाको लेखा हेर्ने जिम्मा पाउनु भएको हो ।

निर्बाचित भईसकेपछि गौडेलले आँधीखोला खबरसँग भन्नुभयो, “मलाई उपकार प्रतिको सारै स्नेश छ त्यसैले म फेरी सेवा गर्न आए ।” गौडेलले स्वतस्फुर्त रुपमा मनोनयन दर्ता गरेको समेत जानकारी दिनुभयो ।

त्यस्तै ऋण समितिका सदस्या घनस्याम पाठक गल्याङ नगरपालिका वठा नम्वर ८ का जनप्रतिनीधि हुनुहुन्छ भने सुमन कल्याण अर्याल वालिङका व्यापारी रहनु भएको छ ।
त्यस्तै कार्यसमिति सदस्यमा पनि बिभिन्न क्षेत्रमा अनुभव पाएका व्यक्तिहरु चयन भएका निर्वतमान् सचिब दिपेन्द्र गैह्रेले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP