उपकार सहकारीले एटिम सेवा शुरु गर्दै, समृद्धिका लागि काम गरौँ : विधायन सभापति रेग्मी ।

कला राना/वालिङ :
गण्डकी प्रदेशका विधायन समितिका सभापति एव्ां सांसद मोहन रेग्मीले राजनितिक द्धन्द्ध सकिएकाले अव जनताको समृद्धिका लागि सहकार्यको बेला आएको बताउनुभएको छ । उपकार बचत तथा ऋण सहकारी संस्था वालिङको २७ औँ साधारण सभा तथा ८ औँ अधिवेसनको उद्दघाटनका अवसरमा सांसद रेग्मीले तीन तहको सरकारको समन्वयकारी भुमिकाले मात्रै विकास र समृद्धि सफल हुने बताउनुभएको हो । रेग्मीले भन्नुभयो, “हामी एकात्मक पद्धतिलाई तोडेर संघियतामा अघि बढ्यौँ कतै कतै संघियतालाई असफल बनाउन समेत उद्दत रहेको पाईयो ।” संघिय, प्रदेश र स्थानीय तहको समन्वयले मात्रै जनताको आकांक्षा अनुसार काम गर्न सकिने भन्दै सांसद रेग्मीले सरकार सहकारी मैत्री बनेको बताउनुभयो । स्वाभिमान र राष्ट्रियताका निम्ति सबै राजनितिक दल एक भएर मुलुकको स्वाधीनता अडिग हुनुपर्ने समेत उहाँको भनाई थियो । साथै कार्यक्रममा सांसद रेग्मीले सहकारीको एटिएम कार्डको समेत शुभारम्भ गर्नुभयो ।


कार्यक्रममा जिल्ला बचत सहकारी संघका जिल्ला अध्यक्ष रविन्द श्रेष्ठ, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष शोभाकान्त पौडेल लगायतले अहिलेको सरकार सहकारी मैत्रि रहेको बताउनुभएको थियो । सहकारीका अध्यक्ष पुण्यप्रसाद आर्यलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मीपति पौडेल र सञ्चालन सचिव दिपेन्द्र गैह्रेले गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष अर्यालले सहकारीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ठ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको थियो । प्रि–पाईमेरी र प्राईमेरीतर्फ ५४ जना, निमावी तर्फ ६ जना र एसईई तर्फ २ जनालाई प्रसंशापत्र र नगदले सम्मान गरिएको हो । ८ औँ अधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ । संस्थाले २ करोड ५० लाख मुनाफा गरेको जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६मा २ करोड ५० लाख मुनाफा गर्न सफल संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


२०५० सालमा स्थापना भएको सहकारीले वालिङ नगरपालिकाको वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी ४ वटा सेवाकेन्द्र सञ्चालन गरिसकेको छ । सहकारीले वालिङमा आप्mनै भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको छ भने गण्डकी प्रदेशमै नमूना सहकारीका रुपमा स्थापित भएको संस्थाको दावी छ । वालिङ, गल्याङ, भीरकोट, चापाकोट गरी चार नगरपालिका र कालीगण्डकी तथा बिरुवा गाउँपालिकाका साथै हरिनास गाउँपालिकाका केही भागसम्म कार्यक्षेत्र विस्तार गरेको सहकारीमा ६ हजार ४ सय ४१ शेयर सदस्य रहेका छन् ।
महिला ३ हजार ७२ र पुरुष ३ हजार ३ सय ५९ गरी ६ हजार ४ सय ४१ सेयर रहेका हुन् । यो असार मसान्तसम्म शेयर पूँजी रु.६ करोड ४४ लाख ४७ हजार ७ सय रहेको छ भने निक्षेप रु. ४६ करोड १३ लाख ६६ हजार ४ सय ३५, ऋण लगानी रु.५४ करोड १९ लाख ७२ हजार ४ सय ३५ र कूल कारोवार रु.७० करोड ४४ लाख ७८ हजार ८ सय ७४ गरेको समेत सहकारीले जनाएको छ ।

Facebook Comments Box
TOP