स्याङ्जा सहयोग समाजद्धारा वृद्धवृद्धा र गूरुकुलका विद्यार्थीलाई कम्बर वितरण ।

नारायण विश्वकर्मा /स्याङ्जा :
गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको सिमानामा अवस्थित शिवपार्वती वृद्ध आश्रममा रहेका वृद्धवृद्धाहरुका लागि र रामनदीधाम गूरुकुल विद्या आश्रामका विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको छ ।
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वन समितिले वृद्ध आश्रमका १८ जना वृद्धवृद्धालाई र गुरुकुलका २० जना विद्यार्थीहरुलाई एक/एक थान कम्बल वितरण गरेको हो ।
संस्थाका सल्लाहाकार भुपराज वश्यालका अनुसार युएई, जापान, कतार, साउदी, स्पेन, लगाएतका देशमा रोजगारको शिलशिलामा स्याङ्जाबाट जाने नेपालीहरुले संकलन गरेको रकमबाट कम्बर खरिद गरिएको हो । वश्यालले ती देशहरुमा देवीलाल भण्डारी, थर्क सेन, जिवन न्यौपाने र कृष्ण अधिकारी लगाएतको सक्रियतामा रकम संकलन गरिएको थियो । उहाँले स्याङ्जा सहयोग समाजले रामनदीधाम वृद्धआश्रम निर्माण गर्ने क्रममा दुइ लाख रुपैया सहयोग गरेको पनि स्मरण गर्नुभयो ।


वितरणको शिलशिलामा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले विदेश पसेका युवा स्वदेश फर्केर उत्पादनका काममा नलागे सम्म वृद्धवृद्धाहरुको व्यवस्थापन हुन नसक्ने बताउनु भयो । ‘वैदेशीक रोजगारको अन्त नहुँदा सम्म वृद्धआश्रामहरु घट्ने होईन वढिनै रहन्छन ।’ उहाँले भन्नुभयोे, ‘साना साना उद्योग संचालन गरेर स्वदेशमै उद्यमी बन्न सकेमा मात्र आमा वावु वृद्धआश्रम जानुपर्दैन, आमावावुको माया हुनेहरु स्वदेशमै परिवार संग मिलेर कुनै न कुनै उद्यममा संलग्न बनौँ ।’ अधिकारीले इच्छा सक्ति भएकालाई स्वदेशमा रोजगारको प्रसस्त सम्भावना भएको भन्दै स्वदेशी माटोमा उत्पादन वढाउन नसक्दा राष्ट्रियता कमजोर भएको दावी गर्नुभयो । फरक प्रसंगमा उहाँले २६ करोडको रामनदीधाम राम्दीको डिपिआर तैयार गरी सकेको बताउनु भयो

। उहाँले राम्दीको मुहार फेरीन केही दिन मात्र बाँकी रहेको भन्दै गल्याङलाई कृषि र पर्यटनको माध्याम द्धारा नमुना नगर बनाउन सकिने प्रसस्त आधार भएको बताउनु भयो ।
त्यस्तै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम वहादुर थापाले विदेश जाने क्रमलाई रोकेर स्वदेशमै स्वरोजगारको स्थिती सिर्जन गर्न नसके सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कुनै पनि हालतमा पुरा नहुने बताउनु भयो । उहाँले वृद्धवृद्धा भएका आमाबावुलाई घरमै ससम्मानका साथ रहन पाउने स्थिती ल्याउन वुहारीहरुमा सकरात्मक सोँचको विकास गराउन जरुरी रहेको बताउनु भयो । कार्यक्रममा गल्याङ उद्योग वाणिज्य संघले सहजिकरण गरेको थियो ।

Facebook Comments Box
TOP