स्याङ्जा-अर्कैको छोरालाई आफ्नो छोरा भनी नागरिकता दिलाउने सुनार र बहुबिबाह गर्ने पौडेल पक्राउ ।
आँधीखोला खबर / स्याङ्जा :
अर्कैको छोरालाई आफ्नो छोरा भनी नागरिकता दिलाउने स्याङ्जाका सर्वजित सुनारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले साविक आरुखर्क गाविस ८ हालको आँधीखोला गाउँपालिका ४ का ७६ वर्षीय सर्वजित सुनारलाई पक्राउ गरेको हो ।
सुनारले पोखरा महानगरपालिका ३० का डिलबहादुर श्रेष्ठका छोरा ३३ वर्षीय शंकर श्रेष्ठलाई आफ्नो छोरा भनेर २०६० साल माघ २० गते जिल्ला प्रशासनबाट नागरिकता दिलाउनु भएको थियो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जाहेरी दिएकाले सुनारलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक नविकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
सुनारलाई नागरिकता सम्बन्धी कसुर मुद्धामा मुद्धा दर्ता गरी कारवाही शुरु गरिएको भण्डारीले बताउनु भयो ।
यसैबीच बुहविवाह मुद्धामा वालिङ नगरपालिका ९ बस्ने ३७ वर्षीय नवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । नवराजकी जेठी श्रीमती ३९ वर्षीय गिता काफ्ले पौडेलले दास्रो विवाह गरेकाले काुन बमोजिम कारबाही गरी पाँउ भन्ने निवदन प्रहरी कार्यालयमा पेश गरेकाले नवराजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विवाह सम्बन्धी कसुर मुद्धामा नवराजलाई मुद्धा दर्ता गरी पक्राउ गरीएको प्रहरीको भनाई छ । नवराजले वालिङ नगरपाालिका ९ की २७ वर्षीय संगिता अर्याल पौडेललाई दास्रो श्रीमतीको रुपमा विवाह गरेका थिए । जिल्ला अदालतबाट म्याद थप गरी नवराजलाई हिरासतमा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


